तामीम इक्बालले जिम्बावेविरुद्धको टी–२० सिरिज गुमाउने

बंगलादेश क्रिकेट टिमका कप्तान तामीम इक्बाल जिम्बावेविरुद्धको टी–२० सिरिज गुमाउने भएका छन् ।

इक्बालले चोटका कारण ३ खेलको टी–२० आई सिरिज गुमाउने भएका हुन् ।

श्रीलंकानिरुद्धको २ खेलको टेस्ट सिरिजका दैरान घाईते भएका इक्बालले ढाका प्रिमियर लिग टी २० को सुपर लिग चरणका खेलहरु गुमाएका थिए ।

जिम्बावेविरुद्धको टेस्ट र एकदिवसीय सिरिजका लागी फिट भए पनी पुन चोल बल्झिदाँ उनले टी–२० सिरिज गुमाउने भएका हुन् ।

जिम्बावेविरुद्धको एकदिवसीय क्लिन स्विप गर्न महत्वपुर्ण भुमिका खेलेका कप्तानले तेस्रो तथा अन्तिम एकदिवसीयमा १ सय १२ रनको शतकिय पारी खेलेका थिए ।

बंगलादेश क्रिकेट बोर्डका अनुसार उनी ८ हप्ता मैदान बाहिर रहने छन् ।

जिम्बावे र बंगलादेश बीचको टी २० आई श्रृंखलाका खेलहरु जुलाई २२, २३ र २५ मा खेलिने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :