कुशलको बरियता खस्किदाँ पारस र ज्ञानेन्द्रको सुधार

अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले सार्वजनिक गरेको नयाँ टी–२० बरियतामा ओपनर कुशल भुर्तेलको बरियता खस्किएको छ भने कप्तान ज्ञानेन्द्र मल्ल र पूर्व कप्तान पारस खड्काले बरियतामा सुधार गरेका छन् ।

अधिल्लो वरियतामा ब्याट्सम्यान तर्फ ५९ औं स्थानमा रहेका कुशल ६१ औं स्थानमा पुगेका हुन् । यद्यपी कुशल बंगलादेशका अलराउण्डर शकिव अल हसन भन्दा एक स्थान माथि छन् ।

एक स्थानको सुधार गरेका पूर्व कप्तान पारस खड्का ९१ औं स्थानमा उक्लिएका छन् । यस अघी उनी वरियाताको ९२ औं स्थानमा थिए

यस्तै कप्तान ज्ञानेन्द्र मल्लले ९६ औं स्थानबाट ९५ औं स्थानमा पुगेका छन् । बलिङमा लेग स्पिनर सन्दिप लामिछाने ७९ औं स्थानमा एथावत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :