एनआरटी र ल्याब्रोटरी स्कुलबिच एकेडेमी सञ्चालन गर्ने सहमती

नेपालको शिर्ष डिभिजन क्लव न्यूरोड टिम (एनआरटी) ले एकेडेमी सञ्चालन गर्ने भएको छ ।

सहिद स्मारक ए डिभिजन क्लव एनआरटीले आफ्नो एकेडेमी सुरु गर्न कीर्तिपुरको ल्याब्रोटरी स्कुलसँग सम्झौता गरेको छ ।

एन्फाले पछिल्लो पटक सबै शिर्ष डिभिजन क्लवलाई एकेडेमी सुरु गर्न निर्देशन दिए पछी आफ्नै एकेडेमी सञ्चालनका लागी एनआरटीले ल्याब स्कुलसँग सम्झौता गरेको हो ।

एएफसी क्लव लाइसेन्स प्राप्त गर्न आफ्नै एकेडेमी सञ्चालनमा हुनु पर्ने भए पछी नेपालका शिषै क्लबहरु आफ्नै एकेडेमी सञ्चालन गर्न अधि बडेका हुन् ।

मुख्य मापदण्डमा पर्ने यो विधाका लागि अहिलेसम्म तीन विभागिए टिमले काम अगाडीबढाइसकेका छन ।

एनआरटीले नयाँ शैक्षिक सत्र सुरु भएपछि एकेडेमीलाई सुरु गर्नेछ । जसमा २१ खेलाडी राखिने छन् । सात जना एन्फाको पुर्ण छात्रबृतीमा हुनेछन भने सात जना आधा छात्रबृती र सात जना शुल्क तिरेर राखिनेछ ।

उनीहरुको बढाई र प्रशिक्षण ल्याब स्कुलमा हुनेछ । एन्फाले विस्तारै सबै क्लवलाई एकेडेमी सुरु गराउन पहल गरिरहेको छ ।

यस्तैमा संकटा, मनाङ, मच्छिन्द्र लगायत क्लवले पनि एकेडेमीको अवधारणालाई सुरु गर्ने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :