ओलम्पिक फुटबलः अमेरिकाको ४४ खेलको अपराजित यात्रामा पुर्णबिराम

४४ खेलको अपराजित यात्रा पछी अन्त्तत अमेरिकी राष्ट्रिय महिला फुटबल टिमको विजयी यात्रामा पुर्णबिराम लागेको छ ।

टोकियो ओलम्पिक अन्तर्गत बुधबार सम्पन्न खेलमा स्वीडेनले अमेरिकालाई ३–० गोल अन्तरले पराजित गरे पछी अमेरिकाको विजयी यात्रामा पुर्णबिराम लागेको हो ।

टोकियो अलम्पिक २०२१ औपचारिक रुपमा जुलाई २३ बाट सुरु हुने भएपनी फुटबल, ह्यान्डबललगाएतका केही स्पर्धाका खेलहरु आजबाट सुरु भएका छन् ।

ओलम्पिक महिला फुटबलमा खराव सुरुवात गरेको विश्व च्याम्पियनहरुलाई परास्त गर्न स्वीडेनकी स्टिना ब्लेक्स्टेनियसले दुई गोल तथा लीना हर्टिगले एक गोल गरिन् ।

ब्लेक्स्टेनियसले खेलको २५ औं र ५४ औं मिनटमा गोल गरिन् भने हर्टिगले ७२ औं मिनटमा गोल गर्दै स्वीडेनलाई सहज जित दिलाईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :