४ नम्बरको जर्सी डिफेन्डर डेभिड अलबाले प्रयोग गर्ने

स्पेनिस क्लब रियल मड्रिडका पूर्व कप्तान सर्जियो रामोसले लगाउदै आएको ४ नम्बरको जर्सी डिफेन्डर डेभिड अलबाले प्रयोग गर्ने भएका छन् ।

रामोसले मड्रिड छोडेर फ्रेन्च क्लब पीएसजीमा अनुबन्धित भए पछी क्लबमा ४ नम्बरको जर्सी खेलि भएको थियो । अब, सो जर्सी अष्ट्रियाका डिफेन्डर अलबालाई प्रदान गरिएको छ ।

गत सिजनको अन्त्यसँगै बायर्न म्युनिखसँगको सम्झौता सकिए पछी रियलले फ्री ट्रान्सफरमा अलबालाई अनुबन्धित गरेको थियो । क्लब र २८ वर्षीय डिफेन्डरले पाँच वर्षको सम्झौता गरेका छन् ।

अलबा सन् २००८ मा बायर्न आएका थिए । बायर्नमा १३ वर्ष बिताएका उनले ४ सय ३१ खेलमा ३३ गोल गरेका छन् ।

बायर्नबाट उनले १० बुन्डेसलिगा र २ च्याम्पियन्स लिग र ६ जर्मन कप जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :