भारतविरुद्धको सुरुवाती २ टेस्टका लागी इङ्गल्यान्ड टोलि घोषणा

इङ्गल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड (ईसीबी) ले भारतविरुद्धको सुरुवाती २ टेस्टका लागी टोलि घोषणा गरेको छ ।

ईसीबीले सुरुवाती २ टेस्टका लागी १७ सदस्यीय टोली घोषणा गरेको हो ।

सुरुवाती २ टेस्टका लागी जोफ्रा आर्चर र आलराउन्डर क्रिस वोक्सलाई टिममा समावेश गरिएको छैन । दुबै खेलाडीलाई चोटका कारण टिम बाहिर राखिएको हो ।

अलराउन्डर बेन स्टोक्स इङ्गल्यान्डको टेस्ट टीममा फर्केका छन् । स्टोक्स जुनमा सम्पन्न न्यूजील्यान्डविरूद्धको दुई खेलको टेस्ट श्रृंखलामा टिम बाहिर रहेका थिए ।

स्टोक्स बाहेक विकेटकीपर ब्याट्सम्यान जोस बटलर, जोनी बेयरस्टो र साम कुरान पनि टेस्ट टीममा फर्केका छन् । यी सबै खेलाडीहरूलाई न्यूजील्यान्डविरूद्धको श्रृंखलामा आराम दिईएको थियो ।

न्यूजिल्यान्डविरुद्धको आफ्नो टेस्ट डेब्यूमा ७ विकेट लिएका फास्टबलर ओली रबिन्सनलाई पनि मौका दिईएको छ । किशोर अवस्थामा जातिय विवेद गर्ने ट्विट गरेको पाईए पछी उनलाई बोर्डले निलम्बित गरेको थियो ।

आईसीसी टेस्ट च्याम्पियनशिपको दोस्रो चक्र भारत– इङ्गल्यान्डबिचको यसै सिरिजबाट हुने छ ।

४ खेलको टेस्ट सिरिजका लागी भारत इङ्गल्यान्ड भ्रमणमा छ । दुई देशबिचको सिरिज ४ अगस्टबाट सुरु हुने छ ।

इङ्गल्यान्ड टोलि

जो रूट (कप्तान), जेम्स एन्डरसन, जोनी बेयरस्टो, डोम बेस, स्टुअर्ट ब्रोड, रोरी बर्न्स, जोस बटलर, जाक क्रोली, साम कुरान, हसीब हमीद, डान लरेन्स, ज्याक लीच, ओली पोप, ओली रोबिन्सन, डोम सिब्ली, बेन स्टोक्स र मार्क वुड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :