भ्यान गाल तेस्रो पटक नेदरल्यान्ड्सको मुख्य प्रशिक्षक बन्दै

म्यानचेस्टर युनाइटेड र बार्सिलोनाका पूर्व प्रशिक्षक लुइस भ्यान गाल नेदरल्यान्ड्सको मुख्य प्रशिक्षक नियुक्त हुने भएका छन् । आधिकारी रुपमा यसको घोषणा हुन बाँकी रहेपनी उनी नेदरल्यान्ड्सको मुख्य प्रशिक्षक बन्ने पक्का भएको छ ।

नेदरल्यान्ड्सको फुटबल संघले यस बारे केही दिनमै आधिकारीक घोषणा गर्ने छ ।

भ्यान गाल तेस्रो पटक नेदरल्यान्ड्सको प्रशिक्षक बन्न लागेका हुन् ।

२०१४ मा नेदरल्यान्ड्सको प्रशिक्षक रहेका भ्यान गालले डच टोलिलाई प्रतियोगिताको तेस्रो स्थान दिलाएका थिए ।

क्लब फुटबलमा भ्यान गालले १९९० को दशकमा एजेक्सलाई यूएएफए कप र च्याम्पियन्स लिग जिताएका थिए ।

उनले बार्सिलोना र बायरन म्यूनिखबाट लिग उपाधी समेत जितेका छन् ।

म्यानचेस्टर युनाइटेडलाई उनले २०१६ मा मा एफए कप जिताएका थिए । तर, त्यसको केही दिन पछि उनलाई बर्खास्त गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :