मनाजको ह्याट्रिकमा बार्सिलोनाको शानदार जित

रे मनाजको ह्याट्रिक गोलको मद्दतमा बार्सिलोनाले सिप्र सिजन तयारी लागि भएको मैत्रीपूण्र्र खेलमा शानदार जित हासिल गरेको छ ।

स्पेनमा बुधबार राति सम्पन्न मैत्रीपूर्ण खेलमा बार्सिलोनाले तेश्रो श्रेणीको क्लब जिम्नास्टिकलाई ४–० गोल अन्तरले हराएको हो ।

बार्सिलोनाको जितमा रे माजनले तीन तथा एलेक्स कोल्लाडोले एक गोल गरे ।

पहिलो हाफमा बराबरी खेलेको बार्सिलोनाले दोश्रो हाफमा सबै चार गोल गरेको हो ।

खेलको ३८औं मिनटमा एलेकस क्विनटानोलाले फाउल गरेपछि रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि जिम्नास्टिक १० खेलाडीमा सिमित बन्न पुगेको थियो ।

बार्सिलोनाले दोश्रो हाफमा जिम्नास्टिक १० खेलाडीमा खुम्चिएको फाइदा उठाएको थियो । उसले खेलको ६०औं मिनटमा पहिलो अग्रता बनाएको थियो । उसका लागि मनाजले गोल गरेका थिए ।

यसपछि ८५औं मिनटमा कोल्लाडोले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाएका थिए । लगतै ८६औं मिनटमा मनाजले गोल गर्दै बार्सिलोनालाई ३–० को अग्रता दिलाएका थिए ।

खेलको अन्तिम मिनटमा पुनः मनाजले नै गोल गर्दै बार्सिलोनालाई ४–० गोल अन्तरको शानदार जित दिलाए ।

बार्सिलोनाका लागि यस खेलमा प्रशिक्षक कोम्यानले लियोनल मेस्सि,सर्जियो बुस्केट्स र पेड्रिलाई यस खेलमा समावेश गराएका थिएनन् ।

बार्साले १५ अगस्टमा रियाल सोसिडाडसँग खेल्दै यस सिजनको लालिगाको शुरुवात गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :