टोटनहमको सहज जित

प्रिमियर लिग प्रि–सिजन तयारी अन्तर्गतको मैत्रीपूर्ण खेलमा टोटनहम विजयी भएको छ ।

टोटनहमलाई जित दिलाउन ह्युङ मिन सन, लुकास मौरा र डेली अलीले समान १–१ गोल गरे ।

खेलको ११ औं मिनटमा सनले गोल गर्दै टोटनहमलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको २ मिनट पछी लुकासले गोल गर्दै टिमको अग्रता दोब्बर पारे ।

खेलको ३८ औं मिनटमा अलीले गोल गर्दै टोटेनहमलाई ३–० को जित दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :