उपहार गोल पाएपछी पीएसजी विजयी

प्रि–सिजन तयारी अन्तर्गत बुधबार सम्पन्न मैत्रीपूर्ण खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले अग्सवर्गलाई पराजित गरेको छ ।

पार्क डी प्रिन्सेस स्टेडियममा सम्पन्न मैत्रीपूर्णमा फ्रेन्च क्लब पीएसजीले जर्मन क्लब अग्सवर्गलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीको जितमा जुलियन ड्राक्सलरले एक गोल गरे । भने एक गोल अपहार स्वरुप पायो । अग्सवर्गका फ्लोरियनले आत्मघाती गोल गरेका थिए ।

पहिलो हाफ गोल रिहत बरारीमा सकिएको खेलमा जुलियनले ६२ औं मिनटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । त्यसको ४ मिनट पछी अग्सवर्गका फ्लोरियनले बराबरी गाल फर्काएकाए ।

खेलको ९० औं मिनटमा अग्सवर्गका जेफ्रीले आत्मघाती गोल गरेपछि पीएसजी २–१ ले विजयी भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :