बलियो नेपाल अभियानमा खेलाडी र बोर्ड सदस्यको आबद्धताबारे इपिएलका अख्तरको प्रश्न, आईसीसीमा जाने चेतावनी

एभरेष्ट प्रिमियर लिग (इपिएल) आयोजक इपिएल प्रालीका संस्थापक आमिर अख्तरले बलियो नेपाल अभियान कार्यक्रमका क्यानका सदस्य, कप्तान र खेलाडीहरुको आबद्धता बारे नेपाल क्रिकेट संघ (क्यान) सामु अनुसन्धान गर्नुपर्ने माग गरेका छन् ।

बलियो नेपाल अभियान गैर नाफामुलक अभियायान हो । बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसले फण्डिङ गरेको छ । यो संस्था गैर नाफामुलक भए पनी एकै साथ एउटै संस्थामा क्यानका पदाधिकारी, कप्तान र खेलाडी सम्लग्न हुनु उचित नभएको भन्दै अख्तरले अनुसन्धान गर्न माग गरेका हुन् ।

अख्तरले क्यानका अध्यक्ष चतुरबहादुर चन्द, महसचिव अशोकनाथ प्याकुरेल, कोषाध्यक्ष रोशन बहादुर सिंह, क्रिकेट निर्देशक विनोद दास र प्रबन्ध निर्देशक रौनक मल्ललाई ई– मेल पठाउदै छानबिनको लागि आग्रह गरेका छन् ।

पदाधिकारी र खेलाडी एक साथ बलियो नेपाल अभियानमा आबद्ध हुदा यस्ले कन्फ्लिक्ट अफ इन्ट्रेस्टको अवस्था आउने र भ्रष्टाचारको सम्भावना बढाउने उनको ठहर छ ।

अख्तरले क्यानले आफूलाई जवाफ दिन नसके ४८ घण्टा भित्र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत यसबारे जानकारी दिने बताएका छन् ।

बलियो नेपाल अभियानले मंगलबार सामाजिक सञ्जाल क्लबहाउसमा छलफल कार्यत्रम राखेको थियो । सो कार्यक्रममा कप्तान ज्ञानेन्द्र मल्ल, महिला टिमकी कप्तान रुविना क्षेत्रीसँगै पूर्वकप्तान पारस खड्काको पनी उपस्थिती थियो । तिनै क्रिकेटरले सो छmफलमा आफ्नो बिचार प्रकट गरेका थिए । यस्तै क्यानका सदस्य छुब्बी लामाले पनी आफ्नो बिचार राखेका थिए । साथै पुर्व क्रिकेटर शक्ति गौचनको पनि यस छलफलमा सहभागिता रहेको थियो ।

बलियो नेपाल अभियानले नेपाललाई सन् २०३९ सम्ममा क्रिकेट विश्वविजेता बनाउने लक्ष्य राखेको छ । सो छलफलमा के नेपाल सन् २०३९ सम्ममा क्रिकेट विश्वविजेता बन्न सक्छ भन्ने बिषयमा बिचारबिमर्स चलेको थियो ।

युवा प्रतिभा विकास कार्यक्रम अन्तर्गत बलियो नेपालले लुम्बिनी प्रदेशमा प्रतियोगिता एक क्रिकेट प्रतियोगिता आयोजना गरेको थियो ।

लुम्बिनी प्रदेशका १२ जिल्लाको सहभागिता रहेको प्रतियोगिता रुपन्देही ११ ले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :