कोरोना मुक्त भएपछी ऋषभ पन्त भारतिय टिममा सामेल

भारतिय क्रिकेट टिमका विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्त कोरोना मुक्त भएपछी भारतिय टिममा सामेल भएका छन् ।

भारतिय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले मंगलबार ट्नििट गर्दै पन्त टिममा सामेल भएको जनाएको हो ।

विश्व टेस्ट च्याम्पियनसिपको दोस्रो चक्र अन्तर्गत इङ्गल्याण्डविरुद्धको उद्घाटन सिरिजका लागी इङ्गल्याण्ड भ्रमणमा रहेका पन्त जुलाई ८ मा कोरोना संक्रमित भएका थिए ।

कोरोना संक्रमित भए पछी पन्त आईसोलेसनमा रहदै आएका थिए । कोरोनाविद्धको पहिलो खोप लगाइसकेको भए पनी उनी कोरोना संक्रमित भएका थिए ।

पन्त युरो २०२० अन्तर्गत इङ्गल्याण्ड र डेनमार्क बिचको सेमिफाईनल खेल हेर्न गएका थिए । उनलाई त्यहिबाट कोरोना भाईसर सरेको हुन सक्ने अनुमान गरिएको छ । युरोको दोस्रो सेमिफाईनल पश्चात मैदानमा खेल हेर्न पुगेका डेनमार्कका कयौं समर्थकरुमा कोरोना संक्रमण देखिएको रिपोर्टहरु सार्वजनिक भएका थिए ।

कोरोना संक्रमित भए पछी पन्तले काउन्टी च्याम्पियनशिप–११ विरुद्धको तीन दिवसीय अभ्यास खेल गुमाउने थिए । भारतीय टिमले जुलाई २० देखि तीन दिवसीय अभ्यास खेलिरहेको छ ।

विश्व टेस्ट च्याम्पियनसिपको दोस्रो चक्र अन्तर्गत भारत र इंग्ल्याण्डबीचको पाँच खेलको टेष्ट सिरिज ४ अगस्टदेखि शुरु हुनेछ ।

पहिलो विश्व टेस्ट च्याम्पियनसिपको फाईनल यता भारतिय टिम इंग्ल्याण्डमै छ । टेस्ट च्याम्पियनसिपको फाईनलमा भारतलाई पराजित गर्दै न्युजिल्यान्डले उपाधी जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :