युवा डिफेन्डर क्रिस्टोफर ब्रेन्टफोर्डमा अनुबन्धित

हालै मात्र प्रिमियर लिगमा बढुवा भएको क्लब ब्रेन्टफोर्डले डिफेन्डर क्रिस्टोफर आयरलाई अनुबन्धित गरेको छ ।

ब्रेन्टफोर्डले क्रिस्टोफरलाई स्कटिस क्लब सेल्टिकबाट पाँच बर्षका लागी टिममा भित्राएको हो ।

नर्वेका अन्तराष्ट्रिय सेन्टर ब्याक डिफेन्डरलाई ब्रेन्टफोर्डले क्लबको किर्तिमानी रकम १३.५ मिलियन पाउन्डमा हस्ताक्षर गरेको हो । उनले नर्वेका लागि उनले २३ खेल खेलिसकेका छन् ।

सेल्टिकका लागि कुल १ सय ७६ खेलमा ७ गोल गरेका क्रिस्टोफरले गत सिजन सेल्टिकका लागि ३५ लिग खेलमा २ गोल गरेका थिए ।

अघिल्लो सिजन च्याम्पियनसिपको प्ले अफमा स्वान्सी सिटीलाई पराजित गर्दै ब्रेन्टफोर्ड प्रिमियर लिगमा बढुवा भएको थियो ।
ब्रेन्टफोर्डले ७४ वर्ष पछि प्रिमियर लिगमा सहभागिता जनाउन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :