टोकियो ओलम्पिकमा नेपालको खेल तालिका

टोकियो ओलम्पिक २०२१ जुलाई २३ देखी औपचारिक रुपमा उद्घाटन हुदै छ ।

विश्व खेलकुदको महाकुम्बमा यस पटक नेपालबाट चार खेलका पाँच एथलिटहरुले प्रतिस्पर्धा गर्दै छन् ।

समर ओलम्पिक जुलाई २३ देखी औपचारिक रुपमा आयोजना हुने भए पनी फुटबल ह्यान्डबल लगायतका खेलहरु २१ जुनबाट शुरु भइसकेका छन् ।

नेपालबाट युनिभर्सियालिटी प्लेस अन्तर्गत पौडीबाट गौरिका सिंह र एलेक्स शाह तथा एथ्लेटिक्सबाट सरस्वती चौधरीले प्रतिस्पर्धा गर्नेछन् । यस्तै वाइल्ड कार्डबाट सुटिङकी कल्पना परियार र जुडोका सोनिया भट्टले ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्दै छन् ।

नेपालका लागी गैरिकाले दोस्रोपटक तथा एलेक्स, सरस्वती, कल्पना र सोनियाले पहिलोपटक ओलम्पिकमा सहभागिता जनाउदै छन् । २०१६ रियो ओलम्पिकमा सहभागिता जनाएकी गौरिका प्रतियोगिताकै सबैभन्दा कान्छी खेलाडी बनेकी थिइन् ।

ओलम्पिकका लागी पौडी, सुटिङ र जुडोका खेलाडीहरु जापान पुगिसकेका छन् । एथ्लेटिक्स टोली २४ जुलाईमा जापान प्रस्थान गर्नेछन् ।

अन्य संस्करण जस्तै यस पटक पनी नेपाल ओलम्पिक कमिटी, सम्वन्धित खेलका संघ र खेलाडीहरुले पदकका लागी भन्दा पनी राष्ट्रिय कर्तिमान स्थापित गर्ने, ब्याक्तिगत प्रदर्शन सुधार गर्न र अघिल्लो किर्तिमानमा सुधार गर्ने लक्ष्य सहित टोकियो ओलम्पिकमा सहभागिता जनाएका छन् ।

ओलम्पिकका खेलहरु शुरु भईसके पनी नेपालले सहभागिता जनाउने खेलरु जुलाई २४ शुरु हुने छन् । जुलाई २४ मा नेपालका लागी महिला ४८ केजीमुनि जुडोमा सोनिया भट्ट र महिला १० मिटर एयर राइफलमा कल्पना परियारले प्रतिस्पर्धा गर्ने छिन् ।

जुडोका खेलहरु विहान ७ः४५ बजेदेखि सुरु हुने छज् भने महिला १० मिटर एयर राइफल विहान ५ः१५ बजेदेखि सुरु हुनेछ । सोनियाले पहिलो चरण पारे गरे यसै दिन अन्य चरणमा प्रतिस्पर्धा गर्ने छिन् । १० मिटर एयर राइफलको सबै चरणका खेलहरु साही साझ आयोजना हुने छन् ।

२७ जुलाईमा नेपाली पौडी खेलाडी एलेक्स शाहले पुरुष १०० मिटर फ्रिस्टाइलको हिट चरणमा प्रतिस्पर्धा गर्नेछन् । यो स्पर्धा दिउँसो ३ः४५ बजेपछि सुरु हुनेछ । हिट चरण पार गर्न सकेमा एलेक्सले २८ जुलाईमा अर्काे चरणमा प्रतिस्पर्धा गर्ने छन् । त्यसमा पनि सफल भए उनले २९ जुनमा फाइनल चरणमा प्रतिस्पर्धा गर्ने छन् ।

यस्तै २८ जुलाईमा गौरिका सिंहले महिला १०० मिटर फ्रिस्टाइलको हिट चरणमा चरणमा प्रतिस्पर्धा गर्नेछिन् । उनको खेल दिउँसो ३ः४५ बजेपछि सुरु हुनेछ । हिट चरणपछि २९ र ३० जुलाईमा यस स्पर्धाका बाँकी चरणहरु खेलिने छन् ।

जुलाई ३० मा एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीले महिला १ सय मिटर दौडमा प्रतिस्पर्धा गर्नेछिन् । १०० मिटर ढौड विहान ९ बजेपछि सुरु हुनेछ । । हिट चरण पार गरे जुलाई ३१ मा महिला १ सय मिटर दौडका बाँकी चरणका प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :