दुई पटककी ओलम्पिक च्याम्पियन जाड जोन्स पहिलो चरणबाटै बाहिर

दुई पटककी ओलम्पिक च्याम्पियन तेक्वान्दो खेलाडी जाड जोन्स टोकियो ओलम्पिक २०२१ को पहिलो चरणबाटै बाहिरिएकी छन् ।

जापानमा जारी ओलम्पिकमा बेलायतकी जोन्स रिफ्युजी ओलम्पिक टिमकी किमिय अलिजादेहसँग पराजित भइन् ।

लगातार तीन पटक ओलम्पिक च्याम्पियन बन्ने लक्ष्यमा रहेकी जोन्स एलिजादेहसँग १६–१२ ले पराजित भइन् ।

एलिजादेहले सन् २०१६ को रियो ओलम्पिकमा कास्य पदक जितेकी थिइन् । यदि एलिजादेह फाइनल पुगेमा जोन्सले रिपेचमा प्रतिस्पर्धा गर्ने अवसर पाउनेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :