नेपाली मार्सल आर्टस् खेलाडी करन दुबईमा सम्मानित

नेपाली मार्सल आर्टस् खेलाडी करन बहादुर चन्द दुबईमा सम्मानित भएका छन् ।

उनलाई दुबईको प्रतिष्ठित द टाइगर्स मार्सल आर्टस् क्लबले शनिबार सम्मान गरेको हो ।

आर्थिक अवस्था सुधार्न रोजगारीका लागि युएई पुगेका भिमदत्त नगरपालिका–२ उल्टाखाम कञ्चनपुराका २४ वर्षीय चन्दले त्यहाँ रोजगारीसँगै खेलकुदलाई पनि निरन्तरता दिइरहेका छन् ।

उनले दुबईमा हुने विभिन्न स्थानीय प्रतियोगितामा भाग लिएर मेडल जितिसकेका छन् ।

यसअघि दुबई पुलिस एकेडेमी, अरब तेक्वान्दो फेडेरेशनलगायत प्रतिष्ठित संस्थाहरुले पनि चन्दलाई सम्मान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :