ओलम्पिकः गौरिकाको प्रतिस्पर्धा आज राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्य

जापानमा जारी समर ओलम्पिक २०२० अन्तर्गत आज (बुधबार) नेपालकी पौडी खेलाडी गौरिका सिंहले प्रतिस्पर्धा गर्ने छिन् ।

टोकियो ओलम्पिक २०२० मा गौरिकाले महिलाको १ सय मिटर फ्रीस्टाइलमा प्रतिस्पर्धा गर्ने छिन् । टोकियो एक्वेटिक सेन्टरमा हुने उनको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

गौरिका हिट १ मा रहेकी छिन् । यस हिटमा नेपाल सहित नाइजेरिया, मोन्टेनेग्रो र गुवामका ४ खेलाडी छन् ।

गौरिका राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्यमा सहित प्रतिस्पर्धामा उत्रने छिन् ।

१३ औं सागमा ४ श्वर्ण पदक विजेताको नाममा १ मिनेट ००.६२ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको छ । उनले २०१९ मा दक्षिण कोरियामा भएको १८ औं फिना विश्व च्याम्पियनसिपमा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :