ओलम्पिकमा नेपालको भोलि अन्तिम प्रतिस्पर्धा

काठमाण्डौ । जापानमा जाी टोकियो ओलम्पिकमा भोलि नेपालले आफ्नो अन्तिम प्रतिस्पर्धामा सहभागिता जनाउँदैछ ।

शुक्रबार नेपाली एथ्लेटिक्स् खेलाडी सरस्वती चौधरीले एथ्लेटिक्स् विधामा प्रतिस्पर्धा गर्न लागेकी हुन् ।

सरस्वतीले शुक्रबार बिहान ५ बजेर ५० मिनटमा आफू सहभागि महिला १०० मिटर स्प्रिन्टमा उत्रने तालिका रहेको छ ।

उनले तेश्रो हिटमा स्पर्धा गर्दा उनीसँगै ९ राष्ट्रकी धाविका ट्रयाकमा हुनेछन् ।

यसहिटको शिर्ष तीनमा रहने धाविकाले दोश्रो चरणको प्रतिस्पर्धामा सहभागिताको मौका पाउनेछन् ।

सरस्वतीले यसअघि सन् १९९९ मा धाविका देविमाया पनेरुले रचेको १२ ः १९ सेकेण्डको राष्ट्रिय किर्तिमानलाई उछिन्ने लक्ष्य राखेकि छिन् । सरस्वतीको यस विधाको स्प्रिन्टमा ब्यक्तिगत १२ः ५५ सेकेण्डको उत्कृष्ट समय रहेको छ ।

गोपीचन्द्र पार्कीले अन्तिम समयमा ओलम्पिकमा सहभागिता जनाउन नपाएपछि सरस्वतीले महिला १०० मिटर स्प्रिन्टमा नेपालको तर्फबाट सहभागिताको मौका पाएकी थिइन् ।

उनीसँगै नेपालको झण्डा तल अन्य ४ जना छुटुटा छुट्टै खेलका खेलाडीहरुले जापानमा जारी टोकियो ओलम्पिकमा सहभागिता जनाएका छन् । जसमध्ये जुडोकी सोनिया भट्ट,पौडीका एलक्जेन्डर शाह र गौरिका सिंह र सुटिङ्गकी कल्पना परियार पहिलो चरणबाटै बाहिरिसकेका छन् ।

कल्पना, गौरिका र एलक्जेन्डरले आ–आफ्नो नाममा राष्ट्रिय किर्तिमान स्थापित गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :