तेक्वान्दो संघः डोजाङ्ग दर्ता, नामसारी र नविकरण सम्बन्धि कार्य हालका लागी रोक्का

नेपाल तेक्वान्दो संघले हालका लागी नँया डोजाङ्ग दर्ता, नामसारी र डोजाङ्ग नविकरण सम्बन्धि कार्य रोक्का गरेको छ ।

संघले श्रावण १४ गते बिहिबार एक विज्ञप्ति जारी गर्दै श्रावण १५ गते दिउँसो ३ः०० बजेदेखी अर्को सुचना जारी नभएसम्मका लागि नँया डोजाङ्ग दर्ता, डोजाङ्ग नामसारी र डोजाङ्ग नविकरण सम्बन्धि कार्य रोक्का गरेको जनाएको हो ।

साथै संघले असार २४ गतेको पत्र बमोजिम हालसम्म पनि नविकरण नभएका डोजाङ्गहरूको सम्पुर्ण कामकारवाही समेत रोकेको छ ।

‘असार २४ गतेको पत्र बमोजिम हालसम्म पनि नविकरण नभएका डोजाङ्गहरूको सम्पुर्ण कामकारवाही रोक्का गरिएको कुरा यसै सुचनाद्वारा जानकारी गराईन्छ’ । संघले विज्ञप्तिमा भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :