एन्फा कार्यसमितिको बैठक बस्दै

नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक श्रावण १५ (आज) गते बस्दै छ ।

दिउँसो ४ बजे बस्ने कार्यसमितिले राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको राजिनामा, अल्मुताइरीले एन्फाका बरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङलाई लगाएको आरोप, समाचार संकलन गर्ने क्रममा अल्मुताइरीले मेरो खेल डटकमका पत्रकार माथि गरेको दुवर्यवहार र अल्मुताइरीले गरेको छानविनको माग माथि छलफल हुने छ ।

आइतबार प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफु राजिनामा दिन लागेको घोषणा गर्दै नेम्बाङलाई यसको दोषी ठहराएका थिए । अल्मुताइरीले नेम्बाङलेपछिल्लो तीन साता देखि आफुसंग विभिन्न नाटक गरेको आरोप थिए ।

त्यसपछि नेम्बाङले प्रशिक्षकसँग कुनै ब्यक्तिगत दुश्मनी नभएको र दोषी सावित भए राजिनामा दिने भन्दै सत्यतथ्य छानविन भएर सार्वजनिक गर्न एन्फामा निवेदन दिएका थिए ।

अब कार्यसमितीको बैठकले यस विषयमा छलफल गर्दै छानविन समिती पनि गठन गर्ने छ ।

अल्मुताइरीले पनी नेम्बाङले आफ्लाई असहयोग गरेको र आफ्नो विरुद्ध पत्रकार प्रयोग रेको भन्दै शुक्रबार एन्फमा छानविनका लागी निवेदन गरेका थिए । आज बस्ने कार्यसमितीको बैठकले यसमा समेत छलफल गर्ने छ ।

यस्तै सोहि बैठकमा आसन्न साफ च्याम्पियनसिपका विषयमा पनि छलफल हुनेछ । बंगलादेशमा हुने भनिएको साफ च्याम्पियनसिपलाई नेपालमा ल्याउनका लागि प्रस्ताव आएको थियो ।

बैठकले अघिल्लो बिहिबार साँझ प्रशिक्षक अल्मुताइरीले मेरोखेल डटकमकर्मीद्वय बिभा थापा र बिभु श्रेष्ठमाथि अपशब्दको प्रयोग गरी दुब्यर्वहार गरेको विषयमा पनी छलफल गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :