जोकोभिच टोकियो ओलम्पिकबाट बाहिर

विश्व नम्बर एक टेनिस स्टार नोभाक जोकोभिच टोकियो ओलम्पिक २०२० बाट बाहिरिएका छन् ।

शुक्रबार सम्पन्न पुरुष एकल स्पर्धाको सेमिफाइनलमा सर्बियन खेलाडी जोकोभिच जर्मनीका एलेक्सजेन्डर जभ्रेवसँग पराजित भए ।

एलेक्सजेन्डरले २० पटकका ग्राण्डस्लाम विजेता जोकोभिचलाई १–६, ६–३ र ६–१ ले पराजित गरे ।

अब एलेक्सजेन्डरले स्वर्ण पदकका लागि रुसी खेलाडी करिन खाचानोभसँग खेल्नेछन् ।

रुसी खेलाडीले स्पेनका पाब्लो बुस्टालाई ६–३ र ६–३ को सेटमा हराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :