पाकिस्तानी ब्याट्सम्यान आजम खानले वेट इन्डिजविरुद्धको २ टी–२० आई गुमाउने

पाकिस्तान क्रिकेट टिमका ब्याट्सम्यान आजम खानले वेट इन्डिजविरुद्धको दोस्रो र तेस्रो टी–२० आई गुमाउने भएका छन् ।

खानले चोटका कारण दोस्रो र तेस्रो टी–२० गुमाउने भएका हुन् ।

खानले शुक्रबार प्रशिक्षणका दैरान चोट बोकेका थिए ।

उनको टाउकोमा चोट लागेको छ ।

पाकिस्तान क्रिकेट बोर्ड ले एक विज्ञप्ति मार्फत उनलाई २४ घण्टाको निगरानिमा राखिएको जनाएकमो छ ।

प्रशिक्षणका क्रममा उनको टाउकोमा फास्ट बलरले गरेको बाउन्सर लागेको थियो ।

पाकिस्तान र वेट इन्डिजविरुद्धको टी–२० सिरिज आजबाट शुरु हुदै छ ।

टी–२० सिरिज पछी दुई देशले २ खेलको टेस्ट सिरिज खेल्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :