श्रीलंकन क्रिकेटर उडानाले गरे अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा

श्रीलंकाका बायाँ हाते पेस बलर इसुरु उडानाले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् ।

उडानाले शनिबार अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका हुन् ।

३३ बर्षीय उडानाले राष्ट्रिय टोलीका लागि अन्तिम पटक यस हप्ताको सुरुमा भारतविरुद्धको दोस्रो टी–२० आईमा गरेका थिए ।

२००९ टी–२० विश्वकपबाट श्रीलंकाका लागि डेब्यू गरेका उदानाले २०१२ मा भारतविरुद्ध एकदिवसीय डेब्यू गरेका थिए ।

उनले श्रीलंकाका लागि २१ टी–२० आईमा २७ विकेट लिएका छन् भने २१ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका उदानाको नममा १८ विकेट र।हेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :