जोकोभिच कास्य पदक जित्नपनी विफल

विश्व नम्बर एक टेनिस स्टार नोभाक जोकोभिच टोकियो ओलम्पिक २०२० को पुरुष एकलतर्फ कास्य पदक जित्न विफल भएका छन् ।

शनिबार कास्य पदकको लागि खेलिएको खेलमा जोकोभिच स्पेनका पाब्लो बुस्टासँग पराजित भए ।

बुस्टाले जोकोभिचमाथि ६–४, ६–७ (६–८) र ६–३ को जित निकाल्दै कास्य पदक जितेका छन् ।

स्वर्ण पदकका लागि भने जर्मनीका एलेक्सजेन्डर ज्वेरभ र रुसी खेलाडी करिन खाचानोभबीच प्रतिस्पर्धा हुनेछ ।

सेमिफाइनलमा एलेक्सजेन्डरले जोकोभिचलाई पराजित गर्दा करिनले बुस्टालाई हराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :