मिडफिल्डर डोना थापाले थ्री स्टारबाट ए डिभिजन लिग खेल्ने

काठमाडौं । मिडफिल्डर डोना थापाले श्री स्टार क्बलबाट आगामी सिजनको ए डिभिजन लिग फुटबल खेल्ने भएका छन् ।

डोना यस असिजनको ए डिभिजन लिग खेल्ने गरि क्लबमा अनुबन्धीत भएको थ्री स्टार क्लबले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत आइतबार जानकारी गराएको हो ।

डोनाले यसअघि मनाङ मर्स्याङ्दी क्लबबाट ए डिभिजन लिग खेल्दै अएका थिए ।

डोनाले विभन्न उमेर समूहबाट नेपाली टिमको सदस्य रहँदै अन्तर्राष्ट्रिय प्रतियोगिताहरु समेत खेलिसकेका छन् ।

थ्री स्टारसँगको सम्झौता विस्तार पश्चात् डोनाले लामो समयदेखी आफू थ्री स्टारबाट ए डिभिजन लिग खेल्ने समपना देख्दै आएको बल्ल त्यो पुरा गर्ने अवसर पाएकोले आफू निकै खुसी रहेको बताए ।

श्री स्टारमा सबै एकै नासको उत्कृष्ट खेल्न सक्ने खेलाडीको समूह भएको भन्दै लिगमा आफ्नो क्लबले उत्कृष्ट खेल्नेप्रति आफू विश्वस्त रहेको समेत डोनाले बताए ।

आगामी असोज ३ गतेबाट शुरु हुने ए डिभिजन लिगका लागि सम्पूर्ण क्लबहरुले बलियो टिम तयारीका लागि खेलाडी अनुबन्धन कार्यलाई प्राथमिकता दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :