पीएसजीलाई हराउँदै लिलले जित्यो फ्रेन्च सुपर कप

फ्रेन्च च्याम्पियन क्लब लिलले फ्रेन्च सुपर कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । यो लिलको पहिलो फ्रेन्च सुपर कपको उपाधि जित हो ।

आइतबार राति सम्पन्न फ्रेन्च सुपर कपको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १–० गोल अन्तरले हराउँदै लिलले उपाधि हात पारेको हो ।

२९ हजार दर्शकको उपस्थितीमा इजरायलको तेल अभिभको ब्लुमफिल्ड स्टेडियममा भएको खेलमा लिललाई जित दिलाउन पोर्चुगिज मिडफिल्डर जेकाले गोल गरे ।

खेलको ४५औं मिनटमा जेकाले गरेको एक मात्र गोल नै लिललाई उपाधि दिलाउन पर्याप्त बन्यो ।

दोश्रो हाफमा पीएसजी खेलमा हावि बनेको थियो । उसका लागि खेलको ५७औं मिनटमा अब्दु डियाल्लोले गोल गर्ने सुन्दर मौका गुमाएका थिए ।

यस्तै खेलको मौरो इकार्डिले गरेको गोल अफसाइड घोषित भएको थियो ।

यस खेलमा पीएसजी आफ्नो महत्वपूर्ण खेलाडीहरु काएलियन एम्बाप्पे,नेयमार र सर्जियो रामोस बिना नै मैदानमा ओर्लिएको थियो ।

यस्तै क्लबसँगै इजरायल पुगेका मिडफिल्डर इद्रिसा गुएलाई कोरोना संक्रमण देखिएको थियो भने इन्टर मिलानबाट आएका असरफ हकिमीले पीएसजीका लागि डेब्यु गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :