मार्टिन स्वान्सी सिटीको मुख्य प्रशिक्षकमा नियुक्त

च्याम्पियनसिप क्लब स्वान्सी सिटीले रसेल मार्टिनलाई क्लबको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

सिटीले आइतबार ३५ वर्षिय स्कटिस प्रशिक्षक मार्टिनलाई तीन वर्षको लागि क्लबको मुख्य प्रशिक्षकमा नियुक्त गरेको जनाएको हो ।

स्कटल्याण्डमा वूर्व डिफेन्डर समेत रहेका मार्टिनले यस अघि मिल्टन डोन्सको टिमको प्रशिक्षक रहेका थिए ।

स्कटल्याण्डका लागि२९ खेल खेलेका मार्टिनले नर्विच सिटी, रेन्जर्स लगायतका क्लबबाट व्यवसायिक फुटबल खेलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :