बेन्जेमाद्वारा क्लबको प्रस्ताव अस्विकार

स्पेनिस क्लब रियल मड्रिडका स्ट्राइकर करिम बेन्जेमा सम्झौता नविकरणका लागि क्लबले गरेको प्रस्ताव अस्विकार गरेका छन् ।

रियलले बेन्जेमालाई २०२४ मा क्लबमै रहनेगरि सम्झौता नविकरणका लागि प्रस्ताव गरेको थियो ।

३३ वर्षिय बेन्जेमाले आफ्नो उमेर बढ्दै गएकोले आफ्नो प्रदर्शनमा गिरावट आउन सक्ने यसले क्लब र समर्थक दुवै पक्षमा घाटा हुन सक्ने बताउँदै क्लबको प्रस्ताव अस्विकार गरेको हो ।

बेन्जेमाले रियलसँग सन् २०२३ सम्मको सिजनका लागि मात्र सम्झौता नविकरण गर्ने बताएका छन् ।

बेन्जेमाले यस अघि पाउँदै आएको तलबमा २०२१ २२ सिजनका लागि १० प्रतिशत र २०२२ २३ को सिजनका लागि १५ प्रतिशत कटौती गर्ने क्लबको प्रस्ताव समेत स्विकार गरेका छन् ।

केहि साता अघि सम्पन्न युरोकप २०२० फुटबलमा बेन्जेमा तेश्रो सर्वाधिक गोलकर्ताको रुपमा रहेका थिए ।

क्रिस्टियानो रोनाल्डोले क्लब छाँडे यता बेन्जेमाले रियलको एकमात्र भरपर्दा स्ट्रइकरको भुमिका निभाउँलै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :