१३ औं संस्करणको कोन्काकाफ गोल्डकपको उपाधि अमेरिकालाई

१३ औं संस्करणको कोन्काकाफ गोल्डकप फुटबलको उपाधि अमेरिकाले जितेको छ ।

सोमबार बिहान एलिंगेट स्टेडियममा सम्पन्न फाइनल खेलमा अमेरिकाले मेक्सिकोलाई पराजित गर्दै उपाधि सुरक्षित गरेको हो ।

अमेरिकाले मेम्सिकोलाई अतिरिक्त समयमा १-० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

निर्धारित ९० मिनटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

अतिरिक्त समयमा अमेरिकालाई जित दिलाउनका लागि मिलेस रोविनसनले निर्णायक गोल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :