ओलम्पिकः जर्मनीका फ्लोरिअनलाई पुरुषतर्फको पौडी म्याराथनमा स्वर्ण

जर्मनीका पौडीवाज फ्लोरिअन वेलब्रोले जापानमा जारी टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुषतर्फको पौडी म्याराथनमा स्वर्ण पदक जितेका छन् ।

राजधानी टोकियोमा बिहीबार बिहान भएको फाइनल खेलमा फ्लोरिअनले ४८ मिनटन ३३.७ सेकन्ड समयसिहत स्वर्ण पदक जितेका हुन् ।

यस्तै उनले यस अघि आइतबार १५ सय मिटरको फ्रीस्टालमा कास्य जदक जितेका थिए ।
हंगेरीका क्रिस्टोफ रासोभस्कीले रजत पदक जिते ।

त्यसैगरी इटालीका ग्रेगोरियो पल्ट्रिनेरीले कास्य पदकमा चित्त बुझाए । यो टोकियो ओलम्पिकमा पल्ट्रिनेरीको दोस्रो पदक पनि थियो किनकि यस अघि उनले ८ सय मिटरको फ्रीस्टाइलनमा रजत पदक जितेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :