‘ओलम्पिक सक्कियो तर मलाई लागेको चोट कहिल्यै निको हुँदैन’–पार्की

बिभु श्रेष्ठ

विश्वब्यापी कोरोना महामारीका कारण एक वर्षपछि संचालन भएको टोकियो ओलम्पिक सन् २०२१ अगष्ट ८ अर्थात आइतबार सम्पन्न भयो । १६ दिन लामो चलेको यो संस्करणको आयोजना कोरोना महामारीका कारण केही बेग्लै तर सफल रुपमा सम्पन्न भएको छ ।

कोरोना महामारीबिरुद्धको ऐक्यबद्धताको सन्देशसहित कोरोना महामारीकैबिच टोकियो ओलम्पिक भब्यतापूर्वक सम्पन्न भयो ।

कतै हाँसो,कतै रोदन त कतै पसिना र केही रगतका थोपाहरुबिच खेलाडीहरुको ऐक्यबद्धताले १६ दिन लामो यो खेलकूदको महाकुम्भलाई सफल नै तुल्यायो ।

यही भब्य आयोजनामा नेपाली टोलिले पनि ४ खेलमा आफ्नो उपस्थिती जनायो । ४ खेलमा कुल ५ खेलाडीको सहभागिता रहेको थियो । जसमा पौडीका एलेक्जेन्डर शाह र गौरिका सिंह तथा शुटिङ्गकी कल्पना परियारले आ आफ्नो राष्ट्रिय किर्तिमानमा सुधार गरे । यसबाहेक नेपालले हरेकपटक झै यसपटक पनि सहभागिताको लागि सहभागिता जनाउनमात्र गएको थियो ।

यो सबमा नेपाली खेलाडीको प्रदर्शनलाई विश्लेषण गर्दा निम्न स्तरको प्रदर्शन भन्दा अतिसयोक्ति न होला । तर अर्काे अर्थमा भन्नुपर्दा नेपाली खेलाडीको प्रदर्शनमाथि खोट लगाउने कुनै बाटो छैन ।

भनिन्छ जस्तो रोपाइ उस्तै फल । खेलाडीले सदैव आफूले जस्तोसुकै परिस्थितीमा पनि आफ्नो उच्चतम प्रयास गरेकै छन् । नतिजा खेलाडीको प्रयासमा मात्र निर्भर रहँदैन भन्ने हेक्का त आम खेलप्रेमिसँग त छ तर खेलकुद हाक्ने चालकहरुको मथिंगलमा यो विषयले घरजम नगर्ने नेपालको परिवेशमा पुरानै चरित्र हो ।

नेपाल ओलम्पिक कमिटी मातहतमा चल्ने नेपालको ओलम्पिक गतिविधि बिशुद्ध खेल विकासको लागि चल्दैन भन्ने पक्का उदाहरण यसपटकको ओलम्पिक सहभागिता अघि नै प्रष्ट भइसकेको थियो ।

नेपाली खेलका मसिहा बताउनेहरु विदेश घुम्ने लोभमा आफ्नो पदिय मर्यादाभन्दा बाहिर निस्किएर छाडातालमा जापानको टोकियो त पुग्न भ्याए तर गोपीचन्द« पार्की जस्तो उम्दा एथ्लिटको ओलम्पिकको मैदानमा पसिना भएपनि चुहाएर ठूलो साँस फेर्ने धोकोमाथि खेलवाड गरेको किस्सामा अझै नेपाल ओलम्पिक कमिटीले प्रकाश पार्न सकेको छैन । ओलम्पिक शुरु हुन एक साताअघिसम्म म्याराथनतर्फ नेपालको प्रतिनिधि पार्कीले नै गर्ने भन्ने झुठो आश्वासन दिलाइएको थियो । तर एकाएक पार्कीलाई ओलम्पिकको टिकट दिन नसकिने भन्दै एनओसीबाट विज्ञप्ति जारी भयो । र के कारण किन भन्ने आम सवालमा एनओसीले जापान ओलम्पिक कमिटीले पार्की म्याराथनमा छनौट हुन नसक्ने चिठ्ठि पठाएको बताउँदै पन्छियो ।

यति भब्य र सफल आयोजक जापानले यति भद्दा मजाक खेलाडीको क्षमतामाथि गर्ला भन्ने विश्वास गर्न निक्कै गाह्रो भएको थियो र त्यो अलमल र अविश्वासको लहरो अझै झुण्डिरहेको छ ।

‘ओलम्पिक सक्कियो तर मलाई लागेको चोट अझै दुख्न छोडेको छैन । काडाँ जस्तै हो,यो त जिन्दगी भरी घोचिरहन्छ नि’,ओलम्पिकको म्याराथनमा सहभागिता जनाउनबाट बञ्चित बनेका गोपिचन्द« पार्की भन्छन् ।

पार्कीले मेरोखेल डटकमसँगको कुराकानीमा आफ्नो क्षमतामाथि भद्दा मजाक गर्नेहरुलाई अर्काे ओलम्पिकमा कोटमा नभई छनौट भएर नेपालको झण्डा फहराएर देखाउने बताए । उनी खेलाडीको हक माँगेर नपाउने बताउँदै आफ्नो सक्षमताले गरेर देखाउने इख पलाएको बताउँछन् ।

ओलम्पिक कमिटीले दिएको दलिल अनुरुप युनिभर्सालिटी कोटा अन्तर्गतको सुविधा टोकियो ओलम्पिकमा खेलाडीलाई प्रवेश नदिने भएपछि पार्कीको सहभागिता रोक्किएको थियो । तर पार्की कै कोटा अन्तर्गत होन्डुरसका इभान जार्काेले भने जापानको भुमिमा म्यारथनमा सहभागिता जनाएका छन् ।

सूदूरपश्चिमका ३० वर्षिय पार्कीको दुखेको घाउँमा ओखती गर्न उनकै स्थानीय क्षेत्रका सफल ब्यापारिक घराना दिनेश समूह अघि सरेको छ । शनिबार मात्र दिनेश समूहले पार्कीलाई सन् २०२४ मा फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस ओलम्पिकको तयारीका लागि ३ हजार अमेरिकी डलर दिने घोषणा गरेको छ । जसअन्तर्गत दिने समूहले तीन वर्षसम्म पार्कीलाई मासिक १० हजार रुपैयाँ ओलम्पिक तयारीका लागि प्रदान गर्नेछ ।

पार्कीले भने,‘अब हाम्रो एथ्लेटिक्स् संघले त पैसा छैन भनिरहन्छ तर मेरो स्थानिय क्षेत्रको दिनेश समूहको श्याम हमाल दाईले मलाई तीन वर्षसम्मका लागि ३ हजार डलर ओलम्पिक तयारीका लागि दिने घोषणा गर्नुभएको छ ।’

एथ्लेटिक्स संघका अध्यक्ष राजिवविक्रम शाहले हरेकपटक आफ्नो सम्बोधनमा भन्ने एउटै कुरा छ–म खेलकुदमा पाउन होइन केही दिन आएको हँु । तर यीनै अध्यक्ष शाहले पार्कीको ओलम्पिक विवादको दौरान गोपीचन्द« पार्कीको नाम समेत लिन जानेनन् । उनले गोपीलाई बिनोद पार्की भाइ भनेर सम्बोधन गरेको त स्मरण ताजै छ ।

खेलाडीको अभिभावको रुपमा रहेका खेल संघको अध्यक्षको यस्तो गैर जिम्मेवार र लाचारीपनाले नेपाली खेल र त्यससँग जोडिएका थुप्रै खेलाडीहरुको जिवन त्यागले न्याय पाउँला भन्ने आश त परै जाओस् सोच्न पनि सकिन्न ।

अर्काेतर्फ विभिन्न संघका पदाधिकारीहरु आफ्नो खेल त परै जाओस् अर्काको खेलको म्यानेजर बन्दै जापान पुगेको किस्सा त लाजैमर्दाे छ ।

तर अर्काेपटि एथ्लेटिक्सकी प्रशिक्षक इन्द«कुमारी मल्लको कोरोना नतिजा नेगेटिभ देखिदाँ पनि खेलाडीसँग प्रतियोगितामा सहभागिता जनाउन पाइनन् । बारम्बार नेपाली खेलकुदमा उठ्ने यस्तो सवालहरुको जवाफ किन सधै गर्व मै तुहिन्छ ?

यो पनी पढ्नुहोस: ओलम्पिक कमिटीको अर्को झुट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :