भारतीय महिला रेस्लर विनेश फोगाटलाई अस्थायी निलम्बन

भारतीय कुश्ती महासंघले टोकियो अलम्पिकमा अनुशासनहीन काम गरेको भन्दै महिला रेस्लर विनेश फोगाटलाई अस्थायी रुपमा निलम्बन गरेको छ ।

यस्तै अर्का पुरुष रेसलर सोनम मलिकलाई पनी स्पस्टिकरण सोधिएको छ ।

महासंघले दुबै खेलाडीलाई १७ अगस्टसम्म जवाफ दिन भनेको छ ।

विनेशले टोकियोको खेल गाउँमा भारतीय खेलाडीहरु संग बस्न र प्रशिक्षण गर्न अस्वीकार गरेकी थिईन् । यस्तै ओलम्पिक प्रतिस्पर्धाका क्रममा, विनेशले भारतीय ओलम्पिक संघको आधिकारिक साझेदार शिव नरेशको लोगो खेल्नुको सट्टा कम्पनीको लोगो लगाएर रिङमा प्रवेश गरेकी थिईन् । यस्तै उनले हंगेरीका एथलिटहरुसँग प्रशिक्षण गरेको र भारतिय खेलाडीहरुसँग प्रशिक्षण गर्न अस्विकार गरेको आरोप लागेको छ ।

विनेश ओलम्पिकिमा पदकको प्रबल दावेदार थिईन् । उनी क्वार्टरफाइनलमा बेलारुसकी भेनेसा कालाडजिन्स्कायासँग पराजित भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :