स्वर्णधारी कृष्ण बहादुर राईको निधन

काठमाडौं । नेपालमा भएको ८ औं दक्षिण एसियाली खेलकुद (साग) मा करातेको टिम कतातर्फका स्वार्ण पदक विजेता खेलाडी कृष्ण बहादुर राईको निधन भएको छ।

कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण उपचाररत राईको बुधबार नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

राईले २०५५ सालमा नेपाल गञ्जमा भएको पाँचौ राष्ट्रिय खेलकुदमा समेत एकल कातामा स्वर्ण पदक जितेका थिए । उनी पूर्व अन्तर्राष्ट्रिय खेलाडी समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :