आगोसँग मार्शल आर्ट स्टन्ट गर्ने प्रशिक्षको जलेर निधन

आगोसँग मार्शल आर्ट स्टन्ट गर्ने गरिन्छ र यो दृष्य हेर्नकालागी निकै शानदार देखिन्छ । यसकालागी निपुर्ण अभ्यास र सावधानी अपनाउनु पर्ने हुन्छ । अन्यथायो प्राणघातक र निकै खतरानाख सावित हुन सक्छ ।

यस्तै घटना भारतको तमिलनाडुस्थित पुडुकोट्टै जिल्लामा घटेको छ ।

करातेका एक प्रशिक्षक बालाजी बिद्यार्थीहरुलाई आगोसँग मार्शल आर्ट स्टन्ट सिकाउने क्रममा आफैलाई जलाउन पुगे र ज्यान गुमाउन पुगे ।

बालाजी मैदान मा आफ्ना विद्यार्थीहरुसँग स्टन्ट गर्दै थिए । सो क्रममा हावाहुरी चल्दा उनी आगोको चपेटामा परेका थिए । त्यहाँ उपस्थित मानिसहरुले आगो निभाए र बालाजीलाई अस्पताल पुर्याए, तर उनको ज्यान बचाउन सकिएन ।

यो सम्पूर्ण घटना क्यामेरामा कैद भएको थियो । तमिलनाडु प्रहरीले भिडियो फुटेज जाँच गरी त्यहाँ उपस्थित विद्यार्थीहरुको बयान रेकर्ड गर्दैछ ।सार्वजनिक स्थानमा यस्तो स्टन्ट निषेध गरिएको प्रहरीले जनाएको छ ।

यस बर्ष पहिलो पटक कराते ओलम्पिकमा सामेल गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :