वादोरियो कराते संघद्वारा राहत वितरण

काठमाडौं । नेपाल वादोरियो कराते डो संघले कोरोना भाइरस (कोभिड– १९) का कारण समस्यमा परेका प्रशिक्षक तथा राष्ट्रिय-अन्तर्राष्ट्रिय खेलाडीलाई शनिबार राहत वितरण गरेको छ । संघले समस्यमा परेकालाई नगद, खाद्यान्न र स्वास्थ्य सामाग्री राहत स्वरुप वितरण गरेको हो ।

सबै मिलाएर ३ लाख ५० हजार बराबरको सहयोग वितरण गरिएको वादोरियो कराते संघले कार्यक्रमका दौरान वितरण गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

त्यसमा संघका पदाधिकारीबाट ७५ हजार ५ सय र बाँकी रकम २ लाख ७४ हजार ५ सय वादोरियो कराते संघका प्रमुख प्रशिक्षक समेत रहेका अध्यक्ष हरिशरण केसीले व्यक्तिगत रुपमा प्रायोजन गरेको विज्ञप्तिमा उल्लेख छ ।

आर्थिक सहयोगमा कम्तीमा ५ हजारदेखि बढीमा ७० हजार रुपैयाँसम्म सहयोग उपलब्ध गराइएको थियो । युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपाने, अध्यक्ष केसीलगायतले सम्बन्धितलाई एक कार्यक्रमबीच राहत प्रदान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :