रोनाल्डो नरहने भएपछि मोइस किन् भित्र्याउने युभेन्ट्सको तयारी

क्रिष्टियानो रोनाल्डोले क्लब छोड्ने भएपछि युभेन्ट्सले एभर्टनका फरवार्ड मोइस किनलाई पुनः अनुबन्धन गर्ने तर्खर शुरु गरेको छ ।

सन् २०१६ मा युभेन्ट्स प्रवेश गरेका किन् सन् २०१९ मा प्रिमियर लिग क्लब एभर्टनमा गएका थिए । तर उनले त्यहाँ आफ्नो उपस्थितीलाई बलियो बनाउन भने सकेनन् ।

उनले प्रिमियर लिगमा खेलेको पहिलो सिजनमा एभर्टनका लागि २९ खेलमा जम्मा २ गोल गरे भने तयसपछि एभर्टनले किनलाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई लोनमा पठाएको थियो । पीएसजीबाट २६ खेल खेलेको किनले १३ गोल गरेका थिए ।

इटालिको राष्ट्रिय टोलिबाट खेल्दै गोल गर्ने सबैभन्दा कान्छो खेलाडीको किर्तिमान बनाएका किन प्रिमियर लिगमा भने अझै संघर्ष गरिरहेका छन् ।

तर रोनाल्डो क्लबमा नबस्ने निश्चित भएपछि युभेन्ट्स कनिलाई पुनः क्लबमा भित्र्याउने तयारीमा लागेको बताइएको छ ।

शुक्रबार युभेन्ट्सका प्रशिक्षक मासिमिलियानो एलिग्रीले क्रिष्टियानो रोनाल्डोले क्लब छोड्ने पक्का भएको बताइसकेका छन् ।

एलिग्रीको भनाइले युभेन्ट्स र म्यान्चेस्टर सिटीबिचको सम्झौता करिब पक्का भएको बुझ्न सकिन्छ ।

रोनाल्डोले आज भएको क्लबको प्रशिक्षण समेत नगरि फर्किएका थिए । उनले प्रशिक्षण स्थलमा खेलाडीहरुसँग भेटेपनि अभ्यास भने नगरि फर्किएका थिए ।

रोनाल्डोले आज प्रशिक्षक एलिग्रीसँग भेटेर क्लब छोड्ने निर्णयको बारेमा करिब ३ घण्टा छलफल समेत गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :