अन्तर्राष्ट्रिय बक्सिङ्ग दिवसको अवसरमा अनाथ बालबालिकालाई सहयोग

काठमाण्डौं । अनाथ बालबालिकोलाई सहयोगसँगै विभिन्न कार्यक्रमको आयोजना गर्दै नेपाल बक्सिङ्ग संघले अन्तर्राष्ट्रिय बक्सिङ्ग दिवसको साताब्यापी कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।

अन्तर्राष्ट्रिय बक्सिङ्ग दिवसको उपलक्षमा शुक्रबार सातदोबाटोस्थित केन्द्रिय बक्सिङ्ग जिममा पाँचवटा बक्सिङ्ग म्याचको प्रदर्शनी गरिएको थियो ।

आज सम्पन्न अन्तर्राष्ट्रिय बक्सिङ्ग दिवसको उपलक्ष्यमा आयोजित प्रदर्शनी खेलको ६७ किलो तौल समुहमा शनिल शाही र भुपेन्द्र थापा, ५२ किलो तौल समुहमा चन्द्र थापा र प्रदिप महर्जन, ५१ किलो शुस्मा तामाङ्ग र माला राई, ६९ किलो तौल संगिता सुनवार र सरस्वति रानामगर तथा ६० किलो तौल आभास प्रताप शाह र रोशन अछामीबचि प्रतिस्पर्धा भएको थियो ।

प्रदर्शनी खेल भएकोले सहभागि सबै खेलाडीलाई विजेता घोषित गरी खादा, नगद तथा एक अन्तर्राष्ट्रिय बक्सिङ्ग दिवसको टिशर्ट उपहार स्वरुप प्रदान गरिएको थियो ।

‘बक्सिङ्ग फर कज’ अन्तर्गत आज बक्सिङ्ग खेलाडी तथा बक्सिङ्ग प्रेमीहरुले अनाथालयमा रहेका अनाथ बालबालिकाहरुलाई स्वास्थ्य उपकरणहरु मास्क, सेनिटाईजर लगायत स्वास्थ्य उपकरणहरु हस्तान्तरण गरेका थिए । यस्तै उनीहरुले अनाथ बालबालिकाहरुलाई बक्सिङ्ग सम्बन्धि ज्ञान पनि प्रदान गरेका थिए ।

यसै क्रममा अन्तर्राष्ट्रिय बक्सिङ्ग दिवसको उपलक्षमा आयोजित साताव्यापी कार्यक्रम अन्तर्गत आज अन्तिम दिन नेपाल बक्सिङ्ग संघको अग्रसरतामा सहभागि बक्सिङ्ग खेलाडी, प्रशिक्षक, रेफ्री जज तथा संघका पदाधिकारीहरुले परिषरमा सरसफाई गरेका थिए ।

कार्यक्रम अन्तर्गत नेपाल बक्सिङ्ग संघमा रहेका ४० वटा जिल्लाहरुका पदाधिकारी एवं खेलाडी, प्रशिक्षकद्वारा अन्तराष्ट्रिय बक्सिङ्ग दिवसको उपलक्ष्यमा २० देखि ४० सेकेण्डसम्मको सेडो बक्सिङ्ग प्रतियोगिता पनि आयोजना गरिएको थियो ।

नेपाल बक्सिङ्ग संघका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटिका सदस्य श्री राम अवालेको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोईराला, नेपाल बक्सिङ्ग संघका वरिष्ठ उपाध्यक्ष अर्जुन बहादुर केसी, राखेप बोर्ड सदस्य सुवास श्रेष्ठ, राखेपको तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन वि.क., नेपाल बक्सिङ्ग संघका प्रमुख प्रशिक्षक प्रकाश थापामगर, केन्द्रीय सदस्यहरु श्यामकाजी अवाले, पुष्कर राज पन्त तथा सिनेकर्मी प्रदिप बास्तोलासँगै बक्सिङ्ग च्याम्पियनहरुको विशेष उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :