ओमानी मैदानमा प्रशिक्षणमा व्यस्त नेपाली क्रिकेट टिम (फोटो फिचर)

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम यतिखेर ओमानमा छन् ।

ओमान पुगेका नेपाली क्रिकेट टिम आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपाल, अमेरिका र ओमानबीचको त्रिदेशीय श्रृंखलाको तयारीका लागि ओमानी मैदानमा प्रशिक्षणमा व्यस्त छन् ।

प्रतियोगिता अन्तर्गत नेपालले भदौ २८ गते आफ्नो पहिलो खेलमा अमेरिकाको सामना गर्नेछ भने भदौ २९ गते दोश्रो खेल ओमानसँग खेल्नेछ ।

यस्तै असोज १ गते पुनः अमेरिकासँग खेल्नेछ भने चौथो तथा अन्तिम खेल ओमानसँग असोज ३ गते हुनेछ । सबै खेलहरु नेपाली समय अनुसार दिउँसो ४:१५ बाट शुरु हुने छन् ।

सिरिजका लागी नेपालली टोलिले बेजोड मेहनत पनि प्रशिक्षक डेभ ह्वाट्मोरले भने आफ्नो जिम्मेवारीबाट राजिनामा दिएका छन् । उनले यस सिरिजपछि नेपाली टोलि छोड्ने योजनासहित गत शुक्रबार पदबाट राजिनामा दिएका हुन् ।

नेपालको टोली:
ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, अविनाश बोहरा, सुशान भारी, शरद भेषावकर, विक्रम सोब, पवन सरार्फ र रोहित कुमार पौडेल

(तस्विर :क्यान)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :