धादिङमा भदौ २२ गतेबाट खुल्ला महिला भलिबल प्रतियोगिता हुने

काठमाडौं । धादिङमा यहि भदौ २२ गतेबाट खुल्ला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।

मनकामना खेलकुद समितिको आयोजनामा भदौ २२ गतेदेखी २४ गतेसम्म खुल्ला महिला भलिबल प्रतियोगिता हुने भएको हो।

लामो समयदेखी जिल्लामा महिला भलिबल प्रतियोगिता हुन नसकेको समयमा नेपालीहरुको महान चाड हरितालीका तीजको अवसर पारेर प्रतियोगिता आयोजना गर्न लागिएको समितिका संयोजक सोम श्रेष्ठले मेरोखेल डटकमलाई बताए ।

यसअघि जिल्लास्तरीय प्रतियोगिता गर्ने योजनामा रहेपनि जिल्लामा मात्र केन्द्रित रहेर प्रतियोगिता संचालन गर्दा चार वटा मात्र टिमले सहभागिता जनाउने भएपछि प्रतियोगितालाई केहि परिवर्तित गरि खुल्ला प्रतियोगिता आयोजना गर्न लागिएको संयोजक श्रेष्ठले बताए ।

प्रतियोगिताका लागि धादिङसहित नुवाकोट र गोरखाका गरि कम्तिमा १२ वटा टिमको सहभागिता रहने बताइएको छ । खेल सिद्दलेक गाउँपालिकास्थित वडा नम्बर-३ ईटपानी खेल मैदानमा हुनेछ ।

स्थानीय तहले वार्षिक बजेट विनियोजनको समयमा खेलकुद क्षेत्रलाई प्राथमिकतामा नराख्दा जिल्लामा सामान्य प्रकारको खेलकुद गतिविधि संचालन गर्नको लागि पनि आर्थिक अभाव हुने गरेको संयोजक श्रेष्ठ बताउँछन् ।

प्रतियोगिता संचालनका लागि बजेट विनियोजन गर्न गाउँपालिका समक्ष माग राखेको र केहि हदसम्म गाउँपालिकाबाट आर्थिक सहयोगको अपेक्षा समेत रहेको समतिले जनाएको छ । यस प्रतियोगितालाई स्थानीय स्तरको प्रतिभावान खेलाडीको पहिचान गरि जिल्लामा राष्ट्रिय स्तरको खेलाडी उत्पादन माध्ययमको रुपमा लिईएको संयोजनक श्रेष्ठले बताए ।

प्रतियोगितामा सहभागि हुन इच्छुक अन्य जिल्लाका भलिबल टिमले भदौ २१ गतेसम्म टिम दर्ता गराउन पाउने छन् । टिक दर्ता गराउँदा टिमममा प्रदेश र राष्ट्रिय स्तरका प्रतियोगिता खेलिसकेका खेलाडीलाई भने समावेश गर्न नपाईने समतिले जनाएको छ।

प्रतियोगिताका विजेता टिमले पुरस्कार स्वरुप नगत ५० हजार, दोश्रो हुने टिमले ३० हजार, तेस्रो हुनेले १५ हजार तथा चौंथो हुने टिमले ५ हजारसहित मेडल, प्रमाणपत्र र कप प्राप्त गर्नेछन् ।

टिम दर्ताका लागि आवश्यक मापदण्ड
१.टिम दर्ता शुल्क ३ हजार
२.खाना सशुल्क र बस्न निशुल्क
३.खेलाडी संख्या ९ जना
४.खेलाडी पोसाकमा हुनुपर्ने छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :