भारतिय टिम नेपाल आइपुगेपछिका तस्विर (फोटो फिचर)

काठमाण्डौं । नेपालसँग दुईवटा अन्तराष्ट्रिय मैत्री खेल खेल्न भारतको राष्ट्रिय फुटबल टोलि आज काठमाण्डौं आइपुगेको छ ।

सुनिल क्षेत्रीको कप्तानीमा रहेको भारतको राष्ट्रिय टोलि नेपालसँग मैत्री खेल खेल्न आज काठमाण्डौं आइपुगेको हो । भारतीय टोलि आज दिउँसो ४ बजे नेपालमा अवतरण गरेको हो ।

मैत्री खेलका लागि शुरुमा भारतले २३ वर्षमुनिको टोलि नेपाल पठाउने चर्चा चलेपनि सुनिल क्षेत्रीसहित २५ सदस्यीय सिनियर टोलि नै नेपाल आएको छ । भारतीय टोलिको प्रशिक्षक इमार तिमाकको नेतृत्वमा नेपाल आएको हो ।

भारतीय टिमलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आवगमन कक्षमा अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुलीले खादा पहराएर स्वागत गरेका थिए ।

यी दई चिरप्रतिद्वन्दी टोलिबिच ६ वर्षपछि नेपालमा प्रतिस्पर्धा हुन लागेको हो । सन् २०१५ मा नेपाल र भारतले पछिल्लोपटक नेपालमा खेलेको थियो ।

नेपाल र भारतबिच काठमाण्डौंको दशरथ रंगशालामा हुने पहिलो मैत्री खेल भदौ १७ गते हुनेछ भने दोश्रो खेल भदौ २० गतेको लागि तय भएको छ ।

तस्विर सौजन्य : अखिल नेपाल फुटबल संघ (एन्फा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :