टी–२० विश्वकपमा पाकिस्तानले भारतलाई हराउने छः बाबर आजम

यस बर्षको अक्टोबर–नोभेम्बरमा आयोजना हुने टी–२० विश्वकप अन्तर्गत भारतले २४ अक्टोबरमा चिरपरिचित प्रतिद्धन्दी पाकिस्तानविरुद्ध खेल्दै विश्वकप अभियानको सुरुवात गर्ने छ ।

पाकिस्तानी कप्तान बाबर आजमले यस खेलका लागी बलियो मानषिकता बनाईसकेको बताएका छन् । आजमले भने ‘बाबरका अनुसार यस पटक टी–२० विश्वकपमा पाकिस्तानविरुद्ध भारतलाई दवाव हुने बताएका छन् ।

बाबरले भने,‘ हामी भारतविरुद्ध मैदान उत्रन मानषिक रुपमा पुर्ण रुपले तयार छौ । हामी भारतलाई पराजित गर्दै विश्वकपको शुखद शुरुवात गर्न त्तपर छौ । यस पटक हामीलाई होईन भारतलाई दवाव हुने छ ।’

बाबर आजमले रमीज राजालाई भेटेपछि भारतविरुद्धको खेलको बारेमा बयान दिएका छन् । रमीज राजा पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) को नयाँ कार्यकारी प्रमुख बन्ने तयारीमा छन् ।

बाबर आजमले युएईमा आयोजना हुने टी–२० विश्वकपमा पाकिस्तानलाई फाइदा हुने बताएका छन् । उनको विश्वास छ कि युएईमा खेल्नु पाकिस्तानी टीमका लागी घर मा खेल्नु जस्तै हो। २००९ मा लाहोरमा श्रीलंकाली टिममाथि हमला भएपछि पाकिस्तानमा अन्तर्राष्ट्रिय खेलहरु रोकिएका थिए । यस कारण पाकिस्तानले यूएई लाई आफ्नो आधार बनाएको थियो र घरेलु श्रृंखलाका खेलहरु युएईमै आयोजना गर्दै आएको थियो ।

एकदिवसीय र टी–२० विश्वकप दुबैमा पाकिस्तानले हाल सम्म भारतलाई जित्न सकेको छैन । भारतले एकदिवसीय विश्वकपमा पाकिस्तानलाई सात पटक र टी–२० विश्वकपमा पाँच पटक पराजित गरेको छ ।

यद्यपी बाबर आजमले सीमित ओभर क्रिकेटमा आफ्नो देशको मध्य क्रम कम्जोर रहेको स्विकार गरेका छन् ।

उनले भने, ‘हाम्रो मिडल अर्डरले लामो समयदेखि लगातार राम्रो प्रदर्शन गरिरहेको छैन । मलाई आशा छ हामी यो कमजोरी मा काम गर्दछौं र न्यूजील्यान्डविरुद्धको श्रृंखलामा यसलाई सुधार गर्ने छौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :