बक्सिङ्ग प्रतियोगिताका दौरान घाईते भएकी किशोरी बक्सरको निधन

एक ब्यावसायिक बक्सिङ्ग प्रतियोगितामा पराजित भएको पाँच दिनपछि एक किशोरी बक्सरको निधन भएको छ ।

मेक्सिकन वेल्टरवेट (७१–७७ किलोग्राम तौल समूह) १८ वर्षीया जेनेट जकारियास जापाटा शनिबार मोन्ट्रियलको जीभीएम गाला इन्टरनेसनलमा मेरी पियर हौलेसंग चौथो राउण्डमा पराजित भएकी थिइन् ।

खेलका दौरान निकै चोटिल हुदै नकआउट भएकी जापाटालाई उपचारका लागी अस्पताल लगिएको थियो । उनको बिशिबार राति निधन भएको बीबीसीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :