विश्वकप छनोटमा डेनमार्कको लगातार पाँचौ जित

विश्वकप छनोट अन्तर्गत डेनमार्कले लगातार पाँचौ जित हात पारेको छ ।

युरोपियन छनोटअन्तर्गत शनिबार राति सम्पन्न खेलमा डेनमार्कले फारो आइल्याण्डलाई १–० ले पराजित गर्दै छनोट प्रतियोगितामा शतप्रतिशत नतिजा निकालेको हो ।

फारो आईल्याण्डको मैदानमा भएको खेलमा डेनमार्कका लागि जोनास विन्डले खेलको एकमात्र निर्णायक गोल गरे ।

जोनास विन्डले खेलको ८५ औं मिनटमा गोल गरेका थिए ।

विन्डले ४५ औं मिनटमा गरेको गोल भिएआर रेफ्रीले मान्यता दिएका थिएनन् ।

लगातार पाँचौ जितपछि डेनमार्क १५ अंकसहित समूह एफको शीर्ष स्थानमा छ ।

अष्ट्रियालाई ५–२ ले हराएको इजरायल १० अंकसहित दोस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :