विश्व तेक्वान्दो पुम्से खुल्ला च्यालेन्ज आयोजना हुने

नेपाल तेक्वान्दो संघले विश्व तेक्वान्दो पुम्से खुल्ला च्यालेन्ज प्रतियोगिता आयोजनामा सहभागिता जनाउन नेपाली खेलाडीहरुका निम्ति सूच्ना जारी गरेको छ ।

संघले सोमबार सूचना जारी गर्दै विश्व तेक्वान्दो संघले आयोजना गर्ने विश्व तेक्वान्दो पुम्से खुल्ला च्यालेन्ज प्रतियोगिता आयोजना गर्ने हुँदा ईच्छुक नेपाली खेलाडीहरुका निम्ति सूचना जारी गरेको हो ।

संघका अनुसार प्रतियोगिता असोज १९ गतेदेखि कार्तिक १४ गतेसम्म आयोजना हुनेछ ।

प्रतियोगितामा संसारभरिका तेक्वान्दो खेलाडीले सहभागिता जनाउन पाउने संघले जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।

प्रतियोगितामा खेलाडीहरुले अनलाईनमार्फत रजिष्ट्रेशन गर्नुपर्ने जनाइएको छ । खेलाडीहरुले अनलाईन फारम भर्नु पर्ने हुन्छ ।

प्रतियोगितामा सहभागि हुन ईच्छुक खेलाडीहरुले भदौको ३० गते सम्म अनलाईन रजिष्ट्रेशन गरिसक्नुपर्ने संघले जनाएको छ ।

अनलाईन रजिष्ट्रेशन भर्नका निम्ति यहाँ क्लिक गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :