पीएनजीविरुद्ध नेपालको संघर्षपुर्ण जित

पपुवा न्युगिनी (पीएनजी) विरुद्धको पहिलो एकदिवसीय अन्तराष्ट्रियमा नेपालले संघर्षपुर्ण जित हात पारेको छ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा मंगलबार सम्पन्न खेलमा नेपालले पीएनजीलाई २ विकेटले पराजित गरेको हो ।

पीएनजीले दिएको १ सय ३५ रनको सामान्य लक्ष्य पछ्याउने क्रममा निकै संघर्षरत नेपालले ३९ ओभर ३ बलमा ८ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।

नेपालका लागी पहिलो विकेटको रुपमा ओपनर कुशल र आसिफ शेखले ६७ बलमा ४२ रनको साझेदारी गरे ।

कुशल १५ रन, आसिफ शेख ३० रनमा मैदान बाहिरिदा कप्तान ज्ञानेन्द्र मात्र ६ रनमा आउट भए ।

दोहोरो अंक छुन नसकेका ज्ञानेन्द्रले २० बलमा ६ रन जोडे । उनी १६.५ ओभरमा विकेटकिपर डेमियन रावुको हातबाट क्याच आउट भए । किप्लिन डोरिगाको बाउन्सरमा हुक गर्ने क्रममा बलमा ब्याटको किनारामात्र लाग्दा ज्ञानेन्द्र क्याच आउट भएका थिए ।

यस्तै कुशल ११. १ ओभरमा चाड सोपरको एलपीडब्यू सिकार भएका हुन् । उनले २८ बलमा १५ रनको पारी खेलेका हुन् । यस दैरान उनले २ चौका प्रकार गरेका थिए ।

नेपालका अर्का ओपनर आसिफ शेख ३० रनमा आउट भए । उनले ४५ बलमा ४ चोकाको मद्दतमा ३० रन जोडेका थिए । यस दैरान उनले ४ चौका प्रकार गरेका थिए । आसिफ १२.५ ओभरमा टोलो सट खेले क्रममा डेमियन रावुको बलमा गौडी टोकाको हातबाट समातिए ।

ज्ञानेन्द्रको पतन पछी लगातार विकेट गुमाएको नेपालले ८२ रन जोड्दा ७ विकेट गुमाउन पुग्यो ।

आठौ विकेटकाम लागी सोमपाल कामी र रोहितकुमार पैडेलले ५२ रनको अर्धशतकिय साझेदारी गरे ।

रोहितले ४१ रनको योगदान दिदै आउट हुदा सोमपाल २२ रनमा अविजित रहे । नेपालका लागी सर्वाधिक ठुलो पारी खेलेका रोहितले २ चौका प्रकार गरे भने सोमपालले १ चौका र १ छकका प्रकार गरे ।

नेपालका लागी आरिफ शेख ९ रन, सरद भेषवाकर ६ रनमा आउट हुँदा कुशल मल्ल १ र पवन सर्राफ सुन्य रनमा आउट भए ।

पीएनजीका गौडी टोकाले ३ तथा चाड सोपेर र डेमियन रावुले २-२ विकेट हात परे ।

यस अघी अल अमरेत क्रिकेट मैदान ओमानमा टस जितर नेपालविरुद्ध पहिले ब्याटिङ गरेको पिएनजीले ३३ ओभरमा सबै विकेट गुमाउदै मात्र १ सय ३४ रन जोड्न सक्यो ।

नेपाली बरलसामु निकै निरिह देखिएको पिएनजीका १ जना ब्याट्सम्यानले मात्र ३० रन जोड्न सके ।

उस्का लेगा सियाकाले सवाधिक ३० रनको पारी खेले । यस्तै चार्ल्स अमिनीले २३ रन, गौडी टोकले २२ रन, चाड सोपरले १७ रन किप्लिन डोरिगाले १५ रन र सेस बाउले १४ रन जोडे ।

नेपालको बलिङमा सन्दीप लामिछाने सर्वाधिक ४ विकेट लिदाँ डेब्यूटेन्ड विक्रम सोबले २ विकेट हात पारे । यस्तै कुशल मल्लले पनी २ विकेट हात पार्दा सोमपाल कामीले १ विकेट हात पारे नेपालले १ विकेट रनआउटको रुपमा प्राप्त गरेको थियो ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीका लागी नेपालले पीएनजीसँग दुई खेलको सिरिज खेलि रहेको छ ।

दुई देशबिचको दोस्रो एकदिवसीय सेप्टेम्बर १० मा खेलिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :