चितवन टाइगर्सले ट्यालेन्ट हन्टबाट छनौट गर्यो पाँच खेलाडी

चितवन । एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–२० क्रिकेट प्रतियोगिताका लागी चितवन टाइगर्सले ट्यालेन्ट हन्टबाट पाँच जना युवा खेलाडीहरुलाई चितवन गरेको छ।

ईपीएल फ्रेन्चाईज चितवनले चितवन क्रिकेट संघको सहयोगमा गरेको ट्यालेन्ट हन्ट बाट छनौट भएका पाँच खेलाडीहरु सार्वजनिक गरेको हो ।

मंगलबार भरतपुर स्थित होटल चिराइँचुलीमा कर्पोरेट हाउस, पत्रकारहरुको उपस्थितिमा ट्यालेन्ट हन्टबाट छानिएका खेलाडीहरु बारे चितवन टाइगर्सले जानकारी गराएको हो ।

ट्यालेन्ट हन्टबाट कृजन गुरुब, संघर्ष पौडेल, राजेश ढकाल,आकाश थापा र गौतम केसी छनौट भएका छन् ।उनीहरु चितवन टाइगर्सको प्रशिक्षणमा भदौ १० देखि सहभागि हुने छन् । उनीहरु मध्ये एक जनालाई असोज २ गते अन्तिम टोलीमा सामेल गरिने छ ।

ट्यालेन्ट हन्टबाट छनोट भएका खेलाडीहरु

कृजन गुरुब
उमेर–१७
नेपालमा बाँयाहाते स्पिनर कल्चर विकास भइरहेको बेला १७ वर्षीय कृजन एभरेष्ट प्रिमियर लिगको आगामि सिजनको लागि छनौट भएका पाँच खेलाडी मध्येका एक हुन् ।

आकाश थापा
उमेर – २६
उनी २०१३ मा पोखरा क्षेत्रीय खेल छनोटको क्रममा स्याबजाविरुद्ध चितवन जिल्ला टिमको लागी एक ओभर मा ६ छक्का प्रहार गरी चर्चामा आएका थिए । उनी ठूला सट प्रहार गर्न माहिर मानिन्छन्, कहिलेकाहीँ मध्यम गति र अफ स्पिन बलिब गर्ने गरेका छन् । उनी चितवनका लोकप्रिय खेलाडी मध्ये एक हुन् । उनी पछिल्लो सिजनको चितवन टाइगर्स ट्यालेन्ट हन्ट विजेता हुन्जसले २०१८ मा एभरेस्ट प्रिमियर लिगमा टोलीको प्रतिनिधित्व गरेका थिए।

राजेश ढकाल
उमेर १८
विकेटकीपर ब्याट्सम्यान राजेश ढकाल, ट्यालेन्ट हन्ट खेलाडीको रूपमा छनौट भएका थिए । टोलीको लागि लगातार उत्कृष्ट प्रदर्शनको साथ आफ्नो नाम बनाए । उनको विकेटकिपिबको पनि उत्तिकै प्रशंसा भयो । चितवनमा उनी प्रशंसकको रोजाइँमा पर्छन् ।

गौतम केसी
उमेर २०
छोटो समयमा उदाउदो दाहिने हाते तिव्र गतिका बलरको रुपमा उनले चितवनमा आफ्नो प्रभाव छाड्न सफल भएका छन् । उनी नेपाल क्रिकेट संघद्धारा आयोजित भर्खरै सम्पन्न ५० ओभर प्रतियोगितामा आफ्नो प्रादेशिक टोली बागमतीको लागि उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले २०२१ म आयोजित पछिल्लो प्राइम मिनिस्टर कप टूर्नामेंटको दौरान त्रिभुवन आर्मी क्लबविरुद्ध आफ्नो करियरको सर्वश्रेष्ठ बलिङ ५–६१ दर्ता गरेका थिए

संघर्ष पौडेल
त्यसै गरी, संघर्ष पौडेल क्रिकेटको भविष्यमा चितवनको अर्को उज्यालो नाम हो । एक उज्ज्वल युवा क्रिकेटरहरु स्थानीय पर्यवेक्षकहरु र प्रशिक्षकहरुलाई प्रभावित गर्न असफल भएनन्र यसैले टाइगरको ट्यालेन्ट हन्टको लागि सिफारिस गरिएको हो । उनी दायाँहाते स्पिन बलर हुन् भने टिमका लागि व्याटिबबाट पनि योगदानदिन सक्छन् ।

इपीएलका लागि चितवन टाइगर्सको टोलीः
सोमपाल कामी (कप्तान), कमल सिंह ऐरी, शाहब आलम, इशान पाण्डे, ललित सिंह भण्डारी, दीलिपनाथ, सागर ढकाल, राजेश पुलामी मगर, हासिम अन्सारी, भीम सार्की, खडक बहादुर बोहरा, आदिलखान, सन्दीप सुनार, देवराज खनाल, गौतम केसी, शेकुगे प्रसन्न (श्रीलंका), मोहम्मद शाहजाद (अफगानिस्तान), करिम जन्नत (अफगानिस्तान), डानिस अजिज (पाकिस्तान) र वीरनदीप सिंह (मलेसिया)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :