हरेराम जोशी स्मृति टेबलटेनिस प्रतियोगिता हुने

हरेराम जोशी स्मृति प्रतिष्ठानको आयोजनामा १५ औं हरेराम जोशी स्मृति टेबलटेनिस प्रतियोगिता शनिबार हुने भएको छ ।

प्रतियोगितामा २ सय भन्दा बढी खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक राजेन्द्र कपालीले जनाएका छन् ।

६ स्पर्धामा भिडन्त हुने छ । पुरुष–महिला सिंगल्स, पुरुष भेट्रान ४० वर्षमाथि, ५० वर्षमाथि र ६० वर्षमाथि तथा महिला भेट्रान खुला स्पर्धामा खेल हुने छ ।

एकदिने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :