लागुऔषधको कारण १२ वर्षे प्रतिबन्ध खेपेका ईटालियन फुटबलर फ्लाची पुनः मैदानमा फर्कदै

बिभा थापा

सन् २००७ अघि फ्रान्सेस्को फ्लाची फुटबल करियरको उच्चतम लय र सफलताको प्रतिफलका कारण ईटालियन क्लब साम्पाडोरियाको लिजेण्ड बन्ने तयारी र राष्ट्रिय टोलिका लागि पहिलोपटक खेल्न पाउने अवसरको यात्रामा अघि बढ्दै गरेका पात्र थिए ।

तर निर्धारण भईसकेको सुनौलो करियर र उज्जवल भविष्यको कथा लेख्नमात्र थालेका फ्लाचीको जिवन सन् २००७ जनवरी २८ मा भएको ईन्टर मिलानबिरुद्धको खेल सक्किएको एक घण्टापछि नै उनको जिवनमा बज्रपात आईपर्याे ।

सो खेल सक्किएको एक घण्टापछि उनी लागुऔषध कोकेन प्रयोग बारेमा गरिएको परिक्षणमा उनको नतिजा पोजिटिभ देखापर्याे ।

सोही समय तत्काल लागु हुने गरी फ्लाचीलाई दुईवर्षको निम्ति फुटबल गतिविधिमा संलग्न हुन नपाउने गरी दुई वर्षका लागि प्रतिबन्ध लगाईएको थियो ।

‘मैले प्राप्त गरेका सबै उपलब्धिहरु सो समयको एक पलमै मैलो गुमाए’,फ्लाचीले भने,‘म सो समयकालमा जेनोआको प्रेरक ब्यक्तित्व थिए । सो सिजन मैले दुई गोलबाट शुरुवात गरेको थिए र मलाई राष्ट्रिय टोलिमा पनि समावेश गरिएको थियो ।’

र उक्त दुई वर्षको प्रतिबन्धले फ्लेचीको खेल जिवन कै अन्त्य समेत गरिदियो ।

फ्लाचीको लागि त्यो प्रतिबन्ध एउटा घटना मात्र थियो भने उनी विवादमा आएको घटना भने पहिलो थिएन ।

त्यसअघि सन् २००६ मा पनि फ्लाची म्याच फिक्सिङ्गको आरोपमा दुई महिना फुटबल गतिविधिबाट निलम्बित भएका थिए । टेलिफोन वार्ताको प्रमाणको आधारमा फ्लाची घरेलु लिगमा म्याच फिक्सिङ्गको आरोपमा दोषि प्रमाणित भएका थिए ।

तर उक्त निलम्बनलाई फ्लाचीले ब्यक्तिगत रुपमा कहिल्यै पनि स्विकार गरेका थिएनन् ।

यी सबै आरोप र गलतीहरुलाई जित्ने प्रयासरमा रहेका फ्लाची आफ्नो पुस्तामा ईटालियन फुटबलको प्रतिभाशाली नम्बर १० को पहिचान बनाउँदै थिए । फ्लाचीले साम्पाडेरियाका लागि गरेको ११० गोलका कारण उनी क्लबबाट सबैभन्दा बढी गोल गर्ने तेश्रो खेलाडीको सूचीमा छन् । उनी साम्पडोरियबाट सबैभन्दा बढी गोल गर्नेको सूचीमा रोबर्टाे मान्चीनी र जिआनलुका भियालीपछि तेश्रो खेलाडी हुन् ।

फ्लाचीको खेल जिवन सन् २००७ को कोकेन काण्डका कारण नरोक्किएको भए उनी गोल संख्या र कदका आधारमा सम्भवत ईटालिको महानतम खेलाडीहरुको सूचीमा पर्ने थिए ।

दुईवर्षको प्रतिबन्ध पश्चात फ्लाचीलाई ईटालियन सिरी ‘बी’ का क्लबहरु ब्रेस्कीया र इम्पोलीले टोमिाल समावेश गर्नै प्रयास गरेको थियो । तर दुई वर्षको प्रतिबन्धले मानसिक रुपमा बाहिर निकल्न निक्कै हम्मे परेको अवस्थाले गर्दा उनले उक्त प्रस्तावहरु स्विकार गर्न सकेनन् ।

आरोलो लागया बाछोर्ला मृगले पनि खेद्छ भने जस्तै फ्लाचीमाथि प्रतिबन्ध फुकुवा भएकै वर्ष पुन अर्काे बज्रपात आइपर्याे । सन् २००९ मा फ्लाची पुनः कोकेन प्रयोगको परिक्षणमा पोजिटिभ देखा परे । एउटै गलती बारम्बार दोहोर्याएको आरोपमा यसपटक उनी १२ वर्षको प्रतिबन्धमा परे । जसले उनको शिर्ष स्तरको फुटबल करियर समाप्त हुने निश्चित बन्न पुग्यो ।

उक्त प्रतिबन्ध पश्चात अब फ्लाचीले कहिल्यै फुटबल नखेल्ने निश्चित नै थियो । तर यसै सन् २०२२ को जनवरीमा १२ वर्षे प्रतिबन्ध फुकुवा भएपछि फ्लाचीले पुनः फुटबल खेल्न ईच्छुक रहेको प्रतिक्रिया दिएका छन् । उनी अहिले अस्वधाविक फुटबल करियरको पुनरागमन प्रयासमा छन् ।

४६ वर्षिय फ्लाची ईटालिको पाँँचौ डिभिजनको क्लब सिगनाबाट खेलाडीको रुपमा आफूलाई पुनरागमन गराउने तर्खरमा रहेका छन् । उनी जनवरीबाट सिग्नाबाट ब्यवसायिक फुटबल खेल्ने प्रक्रिया पनि अघि बढीसकेको छ ।

फ्लाचीको यो कदमप्रति उनका साथी र क्लबका अध्यक्ष आन्द्रेया बलारेनीले केही समयसम्म ठट्टा गर्दे गिज्याएका पनि थिए तर सम्भवत आफ्नो जिवनको हारलाई जितमा बदल्ने सकारात्मक सोच बनाएका फ्लाची सबै कठिनाईलाई जित्दै आफूलाई अब्बल दर्जाको फुटबल खेलाडीको रुपमा पुष्टि गर्न चाहन्छन् ।

उनी जनवरीमा सिग्नाबाट खेल्नका लागि अहिहले कडा मिहिनेत र प्रशिक्षण गरिरहेका छन् ।

‘म पिडित होईन,मैले गलती गरेकै हुँ’,फ्लाची भन्छन्,‘म चाहँदिन मैले गरेको गलती कसैले दोहोर्याओस् । म अब आफूलाई सबै समस्याबाट माथि उठाउँदै प्रमाणित गर्न चाहन्छु ।’

‘लामो समयपछि फुटबल मैदानमा ओर्लदा मलाई निक्कै समस्या भएको छ । तर मैले मेरो बाहुला माथि सुरकाउँदै मैदानमा प्रवेश गरेपछि मलाई मेरो फुटबल प्रतिको मोह थाहाँ भयो । म फेरी फुटबल खेल्छु र मेरो परिवारले म प्रति देखाएको विश्वासलाई स्थापित गर्न चाहन्छु ।’

फ्लाची भन्छन्,‘मलाई यो पनि थाहाँ छ कि मानिसले गलती गर्छन् र गलतीबाट सिक्दै माथि उठ्नु नै मानव धर्मको पाठ र सिकाई हो । जिवन अनपेक्षित घटनाहरुको यात्रा हो । म आफ्नो भागमा परेको कर्म पुरा गर्न चाहन्छु र फुटबल खेल्न चाहन्छु ।’

(विभिन्न अन्तराष्ट्रिय एजेन्सीहरुबाट तयार पारिएको सामाग्री)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :