लिग–२ हुँदै विश्वकप खेल्ने सपना पुरा गर्न नेपालले ध्यान दिनुपर्ने ५ तथ्य

सुबास रोकाया

नेपाली क्रिकेट र खराब ब्याटिङ्ग प्रदर्शनको सम्बन्ध नेपालमा क्रिकेटको थालनी भएबाट नै रहँदै आएको छ । एक पटक नेपाली क्रिकेटको इतिहासलाई नियालेर हेर्ने हो भने डिभिजन ५ देखी टी–२० विश्वकप र एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाउदाँ सम्म जतिपनी खेल नेपालले जितेको छ यसको दुई तिहाई भन्दा बढी खेल आफ्नो मजबुत बलिङ्गको बलबुतामा जितेको छ ।

यसको अर्थ यो होईनकी नेपाली क्रिकेटरहरुले ब्याटिङ्ग गर्न सक्दैनन् तर नेपाली ब्याट्सम्यानहरुको उम्दा प्रदर्शका कारण नेपालले जित हासिल गरेको ईतिहास केलाउन भने हम्मे हम्मे नै पर्ने अवस्था छ ।

दशकौ देखी कमजोर ब्याटिङ्गलाई समस्याको रुपमा भोग्दै आएका हामी नेपालीहरुले यसलाई सुधार गर्ने प्रयास गरेका होलाउ तर अन्तत अपेक्षाकृत नतिजा भने पाउन सकेका छैनौ ।

लामो समयदेखि एक जोडी ओपनरको खोजि प्रयास गरिरहेको नेपालले गत बैशाखमा आफ्नै घरमा खेलेको नेदरल्याण्ड्स र मलेसियासँगको त्रिकोणात्मक टि २० क्रिकेट श्रृंखलामा दुई युवा कुशल भुर्तेल र आशिफ शेखको रुपमा केही आशा लाग्दो जोडी फेला पारेको थियो । उनीहरुले उक्त श्रृंखलामा ब्यक्तिगत किििर्तमान स्थापित गर्नुबाहेक नेपाललाई प्रत्येक खेलमा शानदार ओपनिङ्ग शुरुवात दिलाउदै नेपाली क्रिकेटको आशा लाग्दो भविष्य निर्माण्को छनक प्रस्तुत गरेका थिए ।

कुशल भुर्तेललेले ५ खेलमा ४ अर्धशतक बनाए । डेब्यू पछी लगातार ३ अर्धशतक प्रकार गर्ने खेलाडीको किर्तिमान बनाए । टी–२० अन्तराष्ट्रियमा नेपालले हाल सम्मकै आफ्नो सर्वाधिक योगफल तयार पार्यो ।

आशा जगाएका युवा ओपनरद्वय भुर्तेल र शेखलाई नै विश्वस्तरीय प्रशिक्षक डेभ ह्वाट्मोरले अहिले ओमानमा पपुवा न्युगिनिसँगको पहिलो एकदिवसीयमा पनि डेब्यु गराउँदै ओपनिङ्गको कार्यभार सुम्पिए । तर दिईएको कार्यमा दुबै प्रतिभावान युवाहरु खरो उत्रन सकेनन् । यो भन्दैमा यी दुई क्षमताहिन खेलाडी भन्ने अर्थ पक्कै पनि होईन । समयसँगै अनुभवले खारिदै जादाँ अझै पनि यी दुई युवा ब्याट्सम्यानबाट नेपालले लिन सक्ने सम्भावनाहरु प्रचुर रहेकै छ ।

मंगलबार (भाद्र २२) गते सम्पन्न पपुवा न्युगिनी (पीएनजी) विरुद्धको पहिलो एकदिवसीय अन्तराष्ट्रियमा नेपालले जित हात पार्न निकै संघर्ष गर्नु पर्यो ।

विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिका र ओमानविरुद्धको ओमानमा खेलिने अवे श्रृंखलाअघि नेपालले गरेको प्रर्दशनले नेपाली ब्याटिङ्ग शैलीको पुरानै मुहार आम दर्शकले हेर्न पाए ।

पीएनजीले प्रस्तुत गरेको सामान्य १३५ रनको लक्ष्य पनि नेपालले पहाड चढे झै गरी पुरा गरेपछि नेपालले ओमानमा हुने त्रिकोणात्मक श्रृंखलामा निक्कै मिहिनेतीलो प्रदर्शन गर्नुपर्ने निश्चित देखिएको छ ।

नेपालले २ विकेटको जित दर्ता गर्दा निकै खराव शुरुवात गर्यो होल भन्ने लाग्न सक्छ तर, त्यस्तो होईन । नेपालले लो स्कोरिङ्ग खेलको पहिलो पावर प्ले (शरुवाती १० ओभर) मा बिना कुनै विकेट गुमाएर ४२ रनको योगफल तयार परिसकेको थियो ।

लक्ष्य प्राप्तिका लागी मात्र ९३ रन बाँकी रहदाँ नेपालले ८ विकेट गुमाउन पुग्यो ।

पहिलो विकेटका लागी कुशल र आशिफले ६७ बलमा ४२ रनको साझेदारी गरे ।

त्यसपछी कप्तान ज्ञानेन्द्र ६ आरिफ शेख ९ रन, सरद भेषवाकर ६ रनमा आउट हुँदा कुशल मल्ल १ र पवन सर्राफ सुन्य रनमा आउट भए ।

८२ रन जोड्दाँ ७ विकेट गुमाएको नेपालका लागी आठौ विकेटको रुपमा सोमपाल कामी र रोहितकुमार पौडेलले ५२ रनको अर्धशतकिय साझेदारी गर्दै नेपाललाई जित नजिक पुर्याए । रोहितले ४१ तथा सोमपालले २२ रनको योगदान दिएपछि नेपालको संघर्षपूर्ण जित सम्भव भएको थियो ।

यस्तै प्रदर्शनलाई नेपालले निरन्तरता दिए विश्वकप क्रिकेट लिग–२ हुदै २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकप खेल्ने सपनामा पनी धक्का लाग्न सक्छ ।

नेपालले पीएनपीविरुद्ध संघर्षपुर्ण जित निकाल्दा ब्याटिङ्गमा केही कमजोरी भएकै हो । जानौं ती कम्जोरीहरु के के हुन् र नेपालले लिग–२ हुदै २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकप खेल्न के– के कुराहरु सुधार गर्नुपर्ला ।

कन्डिसन र मौसम

पहिलो एकदिवसीयमा नेपाली ब्याट्सम्यानहरुले मात्र खराब प्रदर्शन गरेनन् । पीएनजीको हालत पनी नेपालकै जस्तो रह्यो । पीएनजीले ३३ ओभरमा १ सय ३४ रनको योगफलमा आफ्ना सबै विकेट गुमाउन पुग्यो । दुबै देशको ब्याटिङ्ग प्रदर्शन कम्जोर हुनुमा पिचको कन्डिसन र ओमानको मौसमले पनी कारक भुमिका खेलेको थियो । सम्भवत सो पीच बलिङ्ग मैत्री थियो र ओमानको प्रचण्ड गर्मीले पनी खेलाडीहरुलाई ब्याटिङ्ग गर्न केही चुनौती पेश गर्यो । ओमान मध्य पूर्व एशियामा पर्ने खाडी मुलुक हो र मरभुमी भएकै कारण त्यहाँ निकै गर्मी हुने गर्दछ । सोही कारण नेपाली क्रिकेटहरु त्यहाँको मौसमसँग समायोजित हुन नसक्दाँ नेपालले राम्रो ब्याटिङ्ग गर्न सकेन ।

अब नेपाली क्रिकेटरहरुले हरेक कन्डिसन र मौसमका लागी तयार हुनु पर्ने छ । लिग २ अन्तर्गत नेपालले अझै ३ अवे क्रिकोणत्मक सिरिज (ओमानमा, नामिबिया र युएईमा) खेल्नु पर्ने छ । नेपालले तिनवटै अवे सिरिज खेल्न जाने देशको कन्डिसन र मौसममा निकै भिन्नता छ । त्यसकारण नेपालले हरेक परिस्थितीका लागी तयार हुनु पर्ने छ ।

२ अनुभवी खेलाडीहरुको ब्याटिङ्ग प्रदर्शन

पहिलो पावर प्लेको भरपुर फाईदा उठाएका नेपालका युवा ओपनरहरुको पतन पछी नेपालका अनुभवी खेलाडीहरुको काधमा पारी सम्हाल्ने जिम्मेवारी थियो । तर विडम्बना अनुभवी मानिएका ज्ञानेन्द्र मल्ल ६ रन आरिफ शेख ९ रन, शरद भेषावकर ६ रनमा आउट हुदाँ ति खेलाडीहरुको अनुभव नेपालको जितमा योगदानकारी सावित हुन सकेन । यी खेलाडीहरु मैदान आउने र मैदमाबाट बाहिरिने क्रमलाई हेर्दा यस्तो लाग्यो कुनै तासको महललबाट एक पत्ती झिकियो र बाँकी महल आफै भत्कन थाल्यो । सधै सबै अनुभवी खेलाडीले मात्र राम्रो प्रदर्शन गर्न सक्दैनन् । तर ति मध्ये एक जनाले मात्र पनी विकेटमा टिकेर बस्ने हो भने १ सय ३५ रनको सामान्य लक्ष्य पुरा गर्न नेपालले ८ विकेट गुमाउनु पर्ने अवस्था आउने थिएन होला ।

३ युवा ब्याट्सम्यानको प्रर्दशन

तल्लो क्रममा रोहित र सोमपाल बाहेक कसैले पनी राम्रो प्रदर्शन नगर्दा यस्को दोष अनुभवी खेलाडीहरुलाई मात्र दिदाँ उनीहरु माथि अन्याय हुन्छ । तल्लो क्रममा ब्याटिङ्ग गर्न आएका कुशल मल्ल १ रनमा आउट हुदाँ पवन सर्राफले खाता खोलेनन् । नेपालले पीएनजीलाई परास्त गरेपनी यी दुई युवा ब्याट्सम्यनले केही ओभर ब्याटिङ्ग गरेको भए नेपालको ब्याटिङ्ग कम्जोरी केही ढाकछोज हुन सक्थो तर यस्तो हुन सकेनन् । मल्ल मात्र ३ बलमा आउट हुदाँ पवन गोल्डेन डक हुदै मल्लको पछी पछी मैदान बाहिरिएका थिए ।

मुख्य फास्ट बलरको रुपमा टिममा परेपनी सोमपालले नेपालका शिर्ष क्रमका ब्याट्सम्यनहरु भन्दा राम्रो प्रर्दशन गर्दै आएका छन् । हेक्का रहोस उनले सधै ब्याटिङ्ग गरेर विपक्षीको मुखबाट जित खोसेपनी उनी एक फास्ट बलर हुन र उनी माथी यस स्तरको निर्भरताले हामीलाई जित दिलाएपनी यस्ले हाम्रो शिर्ष ब्याटिङ्ग स्तरलाई उकास्ने भन्दापनी कुनै एक खेलाडीको प्रदर्शनमा आधारित बनाएको छ । यदी सोमपालले रोहितसँग मिलेर आठौ विकेटका लागी ५२ रनको अर्धशतकिय साझेदारी नगरेको भए नेपालले नतिजा आफ्नो पक्षमा पार्ने सम्भावनानै बाँकी रहने थिएन ।

त्यसकारण नेपालले कुनै एक खेलाडी माथिको निर्भरताको अन्त्य गर्नु आवश्यक छ ।

४ सट सेलेक्सन

नेपालको निरन्तरको विकेट पतनको मुख्य कारण नेपाली ब्याट्सम्यनहरुको सट सेलेक्सन र ब्याटिङ्ग स्टाईल रहयो । नेपाललका ४ जना ब्याट्सम्यान क्याच आउट हुन पुग्दाँ सबैले खराव समय र राम्रो बललाई सट प्रहार गर्नका लागी रोजेको परिणाम स्वरुप सहजै जित्न नसकिने खेलमा नेपाली ब्यामट्सम्यान संर्घषरत देखिए । सिधा ब्याटले मिडअन र मिडफिल्डमा सिङगल र डबल रन लिएर सहजै जित्न सकिने खेलमा लामो सट प्रहार गर्न खोज्नु ब्याट्सम्यनहरुको गल्ती सावित हुन पुग्यो ।

६ रन जोडेका ज्ञानेन्द्र किप्लिन डोरिगाको बाउन्सरमा हुक गर्ने क्रममा बलमा ब्याटको किनारामात्र लाग्दा विकेटकिपरको हातबाट क्याच आउट भए । सो अवस्थामा नेपालका दुबै ओपनर आउट भइ सकेका थिए र उनले क्रिजमा अझै केही समय बिताउनु पर्ने थियो तर उनले आफुलाई नियन्त्रित राख्न नसक्दा विकेट गुमाउन पुगे । यसअघि नेपालका अर्का आसिफ शेख ठूलो सट खेल्ने क्रममा डेमियन रावुको बलमा गौडी टोकाको हातबाट समातिएका थिए । त्यसको एक ओभर अघीमात्र नेपालले आफ्नो पहिलो विकेट गुमाई सकेको थियो ।

यस्तै पवन शराफ पनी खराव सट सेलेक्सनको सिकार भए । क्रिजमा उत्रिएर पहिलो बलको सामना गरिरहेका पवन गौडी टोकाले पाचौं स्टम्पमा राखेको बलमा सट प्रहार गर्ने क्रममा विकेट टिमरको हातबाट क्याच आउट भए ।

यो कमजोरी नेपालले पीएनजीविरुद्धको पहिलो एकदिवसीयमा मात्र दोहोर्याएको भने होईन । यसअघि पनी नेपाली ब्याट्सम्यान खराब सट सेलेक्सनको सिकार बन्दै आएका छन् । यो कमजोरी नसुधारिएसम्म नेपालको ब्याटिङ्ग क्षमतामा कुनै परिवर्तन आउने अपेक्षा गर्न सकिदैन । त्यकारण यस कमजोरी माथि हाम्रा ब्याट्सम्यनहरुले कडा मिहिनेत गर्नु पर्ने देखिन्छ ।

५ पारसको संन्यास र ह्वाटमोरको राजिनामा

पारसको संन्यास र ह्वाटमोरको राजिनामाले खेलाडीहरुले मैदानमा गरेको प्रदर्शनले प्रत्यक्षरुपमा असर नगरे पनी मानषिकरुपमा यसले खेलाडीहरुलाई केही बिचल्लीत गरेको अनुमान सहजै गर्न सकिन्छ । पारस नेपाली युवा खेलाडीका आईकोन हुन् । उनी टिममा नहुदाँ खेलाडीको प्रदर्शनमा प्रभाव परेको हुन सक्छ । तर यसको अर्थ पारसबिना नेपाली क्रिकेट अघी बड्न नसक्ने भन्ने होईन । यसका लागी नेपाललाई केही समय लाग्न सक्छ । अब टिमले कुनै एक खेलाडी माथिको निर्भरतालाई अन्य गर्ने समय आएको छ । यस्तै यसै सिरिजबाट ह्वाटमोरले नेपाली टिमको प्रशिक्षकको रुपमा काम नगर्ने निर्णयले पनी खेलाडीहरु मानषिक रुपमा केही बिचल्लीत भएको हुन सक्ने छन् ।

माथि उल्लेखीत कमजोरीहरुलाई औल्याउदै गर्दा नेपाली खेलाडीहरुमा क्षमताको कमी रहेको भन्ने आसय प्रकट गर्ने खोजेको भने होईन । नेपाली क्रिकेटरहरुमा अथाह क्षमता छ र सोही कारण हामी अन्तराष्ट्रिय क्रिकेटको यो चरणसम्म प्रतिस्पर्धा गर्ने हैसियतमा आईपुगेका हौं ।अन्य खेलहरुमा कुनै एक खेलाडीले गरेको गल्ती ढाकछोप गर्न मिल्ने वा सकिने भएपनी क्रिकेटमा खेलाडीले गरेका कम्जोरी छऐना झै प्रष्ट देख्न सकिन्छ । र एउटा सामान्य गल्तीले खेलको पुरै नतिजा बदल्न सक्ने ल्याकत राख्दछ ।

त्यसकारण यदि नेपालले माथि उल्लेखित कमजोरीहरुमाथि ध्यानदृष्टि केन्द्रित गरी आफ्नो प्रदर्शनमा सुधार गरे यो श्रृंखला र लिग–२ मात्र होईन हामीले क्रिकेटको माध्यमबाट देखेका सबै सपना पुरा गर्न सक्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :