दिपेन्द्रले सम्भवत ओमानमा हुने लिग २ श्रृंखला नै गुमाउने

काठमाण्डौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान दिपेन्द्रसिंह ऐरीले चोटका कारण कम्तिमा भोलि अर्थात सोमबार हुने अमेरिकाविरुद्धको एकदिवसीय खेल गुमाउने भएका छन् ।

दिपेन्द्रले चोटका कारण आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको क्रिकोणत्मक श्रृंखला अन्तर्गत अमेरिकाविरुद्धको पहिलो एकदिवसीय अन्तराष्ट्रिय गुमाउने भएका हुन् ।

चोटबाट मुक्त हुन नसकेपछी दिपेन्द्रले अमेरिकाविरुद्धको एकदिवसीय खेल गुमाउने क्यान स्रोतले जनाएको छ ।

दिपेन्द्रको एङ्कलमा चोट लागेको छ । चोटकै कारण उनले लिग–२ को पहिलो अवे श्रृंखला अघी नेपालले तयारी स्वरुप खेलेको पपुवा न्युगिनी (पीएनजी) विरुद्धको २ खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज गुमाएका थिए ।

‘उनको फिटनेशबारे आधिकारिक बयान नआएपनी चोटबाट अझै ग्रसित भएकोले अमेरिकाविरुद्धको खेल नखेल्ने नै भएका छन् । यसबारे आज साँझ सम्म आधिकारिक बयान आउने छ । तर मैले फिजियोसँग बुझ्दाँ उनी फिट नभएको जानकारी पाएको छु ,’ क्यान स्रोतले मेरोखेल डटकमलाई जानकारी दियो ।

दिपेन्द्र पीएनजी विरुद्धको एकदिवसीय श्रृंखलाअघि घाईते भएका थिए । प्रशिक्षणका क्रममा चोट बोकेपछि उनले टिमको प्रशिक्षणमा समेत भाग लिन सकेका थिएनन् ।

सम्भवत उनले ओमान र अमेरिकासँगको त्रिकोणत्मक श्रृंखला नै गुमाउन सक्ने स्रोतको दाबी छ ।

ओमान र अमेरिकासँगको क्रिकोणत्मक श्रृंखलाका लागी नेपाल हाल ओमान भ्रमणमा छ । श्रृंखलाको पहिलो खेलमा नेपालले सोमबार (भोली) अमेरिकाको सामना गर्ने छ ।

ओमानको अल अमिरात क्रिकेट स्टेडियममा खेलिने खेल नेपाली समय अनुसार दिउँसो ४ः१५ बजेबाट शुरु हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया दिनुहोस् :